मञ्चद्धारा कमलरीमाथि भएको आगलागी घटनाको छानबिन माग

agalagi_kamalari_dang

सन्तोष दहित, दाङ- मुक्त कमलरी विकास मञ्च दाङले कमलरी सरिता चौधरी र अनिता चौधरीमाथि भएको आगलागीको छानबिन माग गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै मञ्चले सो घटना शंकास्द भएको भन्दै छानबिन माग गरेको हो। घटना घटेको दुई हप्तासम्म बाहिर नआउनु, घाइतेहरुलाई लुकाएर उपचार गर्नुमा केही रहस्य रहेको भन्दै छानबिन माग गरेको मञ्चका जिल्ला अध्यक्ष उर्मिला चौधरीले बताइन्।
मञ्चले चौधरीको सम्पूर्ण उपचार खर्च मालिक शान्तादेवी घिमिरेले बेहुर्नुपर्ने र कमलरी राख्ने  मालिकलाई हदैसम्म कानुनी कारबाही गर्नुपर्ने, कमलरी ओसार पसारमा संग्लन रहेको जिल्ला विकास समितिका कार्यालय सहयोगी खुशिराम चौधरीलाई समेत कारबाही माग गरिएको छ।
आगलागीबाट सरिता चौधरीको बाँया खुट्टा र अनिता चौधरीको हात र मुख जेलेका छन्। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले घटनाबारे छानबिन सुरु भइसेको जानकारी दिए।  मुक्त कमलरी विकास मञ्चले औपचारिकरुपमा निवेदन पेस गरेपछि कमलरी राख्नेर मालिक घिमिरेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने पन्थले जानकारी दिए।

प्रेस विज्ञप्ती
अदरणिय पत्रकार महोदय
नेपाल सरकारले २०७० असार १३ गतेका दिन राष्ट्रलाई कमलरी मुक्त घोषणा गरिसकेको अवस्थामा पनि कमलरी लुकाई छिपाई राख्ने र ओसारपसार गर्ने काम अझै पनि भइरहेको छ। आजको एक्कासौ शताब्दिमा पनि थारु चेलीहरु कमलरी दासताको पिजडा भित्रबसेर मालिकहरुका घरमा जलेर मर्र्र्दैछन्, कोहि जल्दैछन, वेपत्ता पारिदैछन् यौनशोषणमा परेर कुमारीआमा वनेर फर्निन बाध्य पारिदैछन्। महिला र बालिकाहरु प्रतिको घोर अन्याय भैरहेको छ, दिनहु महिला र वालिकाहरु मथि हिंसाका घट्ना बढ्दै गईरहेका छन्।
यहि २०७० माघ १७ गतेका दिन हेकुली १ बैवाङ निवासी श्याम प्रसाद चौधरीको १६ वर्षिया छोरी सरिता चौधरी र सोहि ठाउकै अनिता चौधरी जिल्ला विकास समिति दाङमा कार्यरत एवम सहिद उमेश मार्ग रोडमा वस्ने शान्तीदेवि घिमिरेको घरमा आगि लागि एक कमलरी संगै दुई बालिका घाइटे भएको दाङको विभिन्न मिडियाहरुमा खवर आएको आयो।
 बिडम्पना, सरकारी जागिर भएका, सरकार एबं राजनितीमा पहुच भएकाले कानून लाई हातमा लिएर थारु चेलीहरुलाई दास बनाएर कमलरीकोरुपमा काम गराउन लग्ने क्रम अम्कै रोकिएका छैनन्। जस मध्ये की सरिता चौधरी पनि एक हुन्। उनलाई कमलरी काममा पठाउने र घरमा कमलरी काम गर्न राख्ने दुवै जना जिल्ला विकास समितिका कर्मचारी हरुरहेकाछन्। यि ब्यक्तिहरु ले कमलरी मुक्त राष्ट्रलाई घोषणा पछि पनि स्थानिय प्रशासन लाई चुनौति दिदै, कमलरी राख्ने र पठाउने दुष्साहस गरिहेका छन्।
दुर्भाग्य, गाँउको कक्षा ७ मा पढदै गरेकि सरितालाईलाई पैसाको लालच देखाए जिल्ला विकास समितिमा सहयोगिको रुपमा कार्यरत कार्यालय सहयोगि खुशिराम चौधरीले सोहि कार्यालयमा खरदारको रुपमा काम गर्दै आउनुभएकी शान्तादेवि घिमिरेकोे घरसम्म ल्याउने बातावरण मिलाएकाथिए। सोहि शान्ता देविको घरमा  आगो सल्काइरहेको बेला आगलागि सरिताको देव्र खुट्टामा र उनि संगै गएकी खुशिरामकै छोरी अनिता चौधरीको मुख र हात जलेर  गंभिर घाइटे भएकाछन। घटना माघ ५ गते भएपनि घटनाको विवरण माघ १६ गते मात्र वाहिर आएको थियो।
 उक्त घटनाप्रति हामी घोर भर्त्सना गर्दछौ। र पिडितलाई सम्पुर्ण उपचार खर्चसहित दोषिलाई कडा कार्वाहीको माग गर्दछौ।
हाम्रो मागहरु
१)सरिता चौधरीको सम्पुर्ण उपचार सहित क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने।
२) कमलरी राख्ने मालिक शान्तादेवि घिमिरेलाई हदैसम्म काननुी कार्वाही गर्नुपर्ने।
३) कमलरीलाई ओसारपसार गर्ने खुशीराम चौधरीलाई प्रचलित कानुनअनुसार कार्वाही गर्नुपर्ने।
४) घटनाको बारेमा सत्यतथ्य पत्तालाई सार्वजनीक गर्नुपर्ने।

उर्मिला चौधरी
जिल्ला अध्यक्ष
 मुक्त कमलरी विकास मञ्च, दाङ

Leave a Reply

Your email address will not be published.