काठमाडौं- तामाङ समुदायको नयाँ वर्ष २८५०औं ‘सोनाम लोछार’ शुक्रबार मनाइँदै छ। ‘लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो। सो समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ। विशेषगरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन्।
सो पर्वमा शुक्रबार घोडा वर्षलाई स्वागत गरिन्छ। आज रातिसम्म सर्प वर्ष चलिरहेको र त्यसलाई बिदाइ गरिन्छ। उनीहरूले मीठा मीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ। पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सीलगायत खानेकुरा पनि खाइन्छ।
मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदेशनाका रुपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सो पर्व मनाउने गरिएको जनविश्वास रहेको नेपाल तामाङ घेदुङ्का महासचिव कुमार ब्लोनले जानकारी दिए। घेदुङ्ले ल्होसारको अवसरमा टुँडिखेलमा अघिल्लो दिनदेखि नै विधिविधानअनुसार विभिन्न पूजा पाठ तथा दीपावली (मलाम) गर्ने र नयाँ वर्षका दिन विभिन्न सांस्कृतिक वेशभूषासहितको र्याली निकालेर विशेष कार्यक्रम गरिने छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर