काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले संविधान निर्माणमा मात्रै केन्द्रित हुने भन्दै तत्काल सरकारमा सहभागी नहुने भएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले संविधानसभा निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिबद्धताअनुसार संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने निष्कर्ष निकाल्दै सरकार दोस्रो प्राथमिकतामा रहेको ठहर गरेको हो।
‘रकार हाम्रो प्राथमिकताको विषय होइन, नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए हुन्छ, हामी रचनात्मकरूपमा प्रतिपक्षमा रहेर सहयोग गर्छौँ,’ बैठकपछि पार्टी नेता पोष्टबहादुर बोगटीले भने।
जनादेशलाई सम्मान गर्दै सरकार गठनलगायतका विषयमा कांग्रेस, एमाले अगाडि बढ्नु जायज भएको भन्दै बैठकले संविधान निर्माणको विषय नै पहिलो प्राथमिकता रहेको एमाओवादीले ठहर गरेको उनले जानकारी दिए।
यस्तै बैठकमा पार्टीको विशेष संगठनात्मक महाधिवेशन, पार्टी नेतृत्वको आचारण सुधार, संविधानसभा निर्वाचनमा भएको पराजयलगायतका विषयमा छलफल भएको थियो। व्यवस्थापिका–संसद्को बैठक सुरु भइसकेको भन्दै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक छनोट गर्ने विषयमा समेत छलफल भए पनि कुनै पनि निर्णयमा पुग्न नसकेको नेता बोगटीको भनाइ छ।
यस्तै आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पार्टी नेतृत्वको आचरणलगायतका विषयमा कुरा उठाएपछि त्यसलाई के कसरी समाधान गर्ने भन्ने विषयमा एमाओवादीले चरण–चरणमा छलफल गर्दै आएको छ।
केन्द्रीय कार्यालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरे पनि सो निर्णय केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्ने व्यवस्था छ। एमाओवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष दाहाल, नेतात्रय डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी छन्। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर