सरकारद्वारा छ वटा अध्यादेश पेस

Joj:yflksf ;+;bsf] a}7sdf ;xefuL ;ef;bx? . tl:j/ M /f;;÷/Tg >]i7काठमाडौं- व्यस्थापिका–संसद्को आजको बैठकमा सरकारले विभिन्न छवटा अध्यादेश पेस गरेको छ। बैठकमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हरिप्रसाद न्यौपानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०६९ पेस गरेका थिए।
त्यसैगरी मन्त्री न्यौपानेले पारस्परिक कानुनी सहायता अध्यादेश २०६९, बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ पेस गरे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकले नेपाल स्वास्थ्य सेवा (चौथो संशोधन) अध्यादेश २०६९, सामान्य प्रशासन मन्त्री माधवप्रसाद पौडेलले निजामती सेवा (तेस्रो संशोधन) अध्यादेश २०६९ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले रेल्वेसम्बन्धी अध्यादेश, २०६९ पेस गरे।
निर्धारित समयमा सुरु भएको आजको बैठक करिब १० मिनेट चलेको थियो। वस्थापिका–संसद्को अर्को बैठक बुधबार ११ बजे बस्ने व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.