शान्ता चौधरी प्रतिष्ठानद्वारा कम्बल वितरण

    Sanata Chaudhary foundation-4

सन्तोष दहित, दाङ- समाजसेवी तथा पूर्वसभासद् शान्ता चौधरीको नाममा स्थापित ‘शान्ता चौधरी प्रतिष्ठान’ले रामपुर-८, काँडाखुट्टीमा विपन्न परिवारलाई कम्बल वितरण गरेको छ। वडा नागरिक मञ्चका टोपबहादुर राणाको अध्यक्षता र प्रतिष्ठानका अध्यक्ष शान्ता चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा २६ जना वृद्धवृद्धा तथा विपन्न  परिवारलार्ई कम्बल वितरण गरिएको थियो।Sanata Chaudhary foundation-3

चौधरीले आफ्नो संस्थाले वितरण गर्न लागेको कम्बलले यहाँका असहाय र विपन्न परिवारलाई चिसोबाट बच्न राहत पुग्ने बताइन्। ‘चिसो मौसममा राहत पुगोस् भनेर कम्बल वितरण गरेको हुँ,’ उनले भनिन्, ‘केही दिनपछि नै शिक्षबाट वञ्चित बालबालिकालाई कापी-कलम वितरण गर्ने योजन छ।’ उनले कापी-कलमसँगै स्कुल ड्रेस र झोला पनि वितरण गर्ने बताइन्। Sanata Chaudhary foundation-2

कार्यक्रममा नेकपा एमाले क्षेत्र नं २ का अध्यक्ष राममणि पाण्डेले प्रतिष्ठानले गरेको काम सराहनीय भएको बताए। उनले विपन्न परिवारलाई लक्षित गरेरे कम्बल वितरण गरेको कार्यक्रम आफैंमा प्रशंसनीय रहेको बताए। त्यसैगरी लक्ष्मीपुर गाविसका विपन्न परिवारलाई पनि ५० थान कम्बल वितरण गरिने शान्ता चौधरी प्रतिष्ठानका सचिव सन्तोष दहितले जानकारी दिए। Sanata Chaudhary foundation-1

दीगो पर्यटन विकास सहकारी काठमाडौंले प्रतिष्ठानलाई दुई सय थान कम्बल उपलब्ल गराएको थियो। प्रतिष्ठानका अनुसार बाँकी कम्बल दाङ क्षेत्र नम्बर २ अर्न्तगतका विभिन्न गाविसका अति विपन्न परिवारलाई वितरण गरिनेछ। रामपर र लक्ष्मीपुर गाविसमा गरी ७६ वटा कम्बल वितरण भइसको छ। बाँकी कम्बल पहाडी गाविस सैघा, हाँसीपुर, लोहारपानी, स्युजा र काभ्रेमा वितरण गरिने प्रतिष्ठानले जनाएको छ। Sanata Chaudhary foundation-5

त्यसैगरी देउखुरीको लालमटिया र सिसहनिया गाविसमा पनि कम्बल वितरण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ।

Leave a Reply

Your email address will not be published.