थारु पत्रकारले गरे रक्तदान

blood donate_TJA

दाङ-थारु पत्रकार संघ दाङ शाखाले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षताम तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको सचिव सविन प्रियाशनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रक्तदान नै जीवन दान हो भन्दै यस्तो काममा सबैले सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा पत्रकार सन्तोष दहित,  रोशन रत्गैया, केवी चौधरी, दूर्गाप्रसाद चौधरी, सुनिता चौधरी, पुरन चौधरी र सुरज बुढाथोकीलगायतले रक्तदान गरेका थिए। रक्तदानपछि कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष सन्तोष दहितले रक्तदान दिने सबैलाई धन्यवाद एवं कृतज्ञता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published.