विजेतालाई पुरस्कार वितरण

Miss Tharu Photo Contest_2013

काठमाडौं- थारु कम्युनिटीले आयोजना गरेको ‘मिस/मिस्टर थारु फोटो कन्टेस्ट’का विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ। सानेपास्थित मोमोतारो रेस्टुराँमा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा (उपत्यका समिति)का अध्यक्ष सत्यनारायण चौधरी (सुमन) र कार्यक्रमका सभापति तथा मोमतारोका सञ्चालक पूर्ण चौधरीले विजेताहरुलाई पुरस्कार वितरण गरे।
मिस थारु फोटो कन्टेस्टका विजेता प्रतिमा चौधरी (टाइटल), साइभ्या चौधरी (फस्ट रनरअप), निर्मला चौधरी (सेकेन्ड रनरअप) र अभनी चौधरी (स्पोन्सरस च्वाइस), वर्षा लेखी (वेस्ट कल्चरल)लाई ट्रफी तथा प्रमाण पत्र वितरण गरियो।
त्यस्तै मिस्टर थारु फोटो कन्टेस्टका विजेता चन्द्रकिशोर चौधरी (टाइटल), सुनिल चौधरी (फस्ट रनरअप), आदर्श चौधरी (सेकेन्ड रनरअप) र कृषण चौधरी (स्पोन्सर च्वाइस), दोषहरण चौधरी (वेस्ट कल्चरल)लाई पनि ट्रफी र प्रमाण पत्र वितरण गरियो।
विजेताहरुलाई १८ हजार रुपैयाँ पनि वितरण गरिएको थारु कम्युनिटीका एडमिन आशिष चौधरीले बताए। फोटो कन्टेस्टलाई मोमोतारो रेष्टुराँले मुख्य प्रायोजन गरेको थियो। विदेशमा बस्ने प्रवासी थारुहरुको पनि सहयोग रहेको अर्का एडमिन विवेक चौधरीले बताए।
यस्ता प्रतिस्पर्धा तथा थारु समुदायको पहिचान, रीतिरिवाज, संस्कृतिलाई जगेर्ना गर्ने र विश्वमा रहेका सम्पूर्ण थारुलाई एकीकृत गर्ने थारु कम्युनिटीको मुख्य उद्देश्य रहेको एडमिन आशिषले बताए।

Leave a Reply

Your email address will not be published.