पहिचानको मुद्दालाई गलत ढङ्गले प्रचार गरियोः कुमाल

Nagendra Kumal

रोल्पा- आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमार कुमालले आफूहरुको मुद्दालाई गलत ढङ्गले प्रचार गरिएको आरोप लगाएका छन्। आफूले जातीय राज्य नभई जातीय पहिचानको मुद्दा उठाएको भन्दै यसमा स्पष्ट हुनसमेत उनले आग्रह गरे। आदिवासी जानजाति पत्रकार महासंघ फोनिज रोल्पाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमालले आदिवासी जनजातिको मुद्दामा राज्यनै पछि परेको बताए।
नेपाल सरकारले आइएलओमा हस्ताक्षर गरिसकेर पनि नेपालमा त्यसको कार्यान्वयन नगरेको भन्दै मानव अधिकार हननको सबैभन्दा बढी सिकार आदिवासी जनजाति नै भएको उनले दाबी गरे। अध्यक्ष कुमालले अहिले मुलुकमा सबैको पहिचानसहितको राज्य चाहिएको बताउँदै यसले देशलाई विभाजित नभई मजबुत बनाउने जिकिर गरे। रासस

Leave a Reply

Your email address will not be published.