उम्मेदवारसहित एमाओवादी प्रवेश

धनगढी- नेपाल कम्युनिष्ट पार्टीका एक उम्मेदवारसहित जिल्लाका नेता तथा कार्यकर्ताहरु एकीकृत माओवादीमा प्रवेश गरेका छन्। उनीहरुलाई कैलाली जिल्ला पार्टी कार्यालयमा एक समारोहबीच एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज हरि ज्ञवालीले टीका लगाएर पार्टीमा स्वागत गरे। 
नेपाल कम्युनिष्ट पार्टीका कैलाली क्षेत्र नम्बर ३ का प्रत्यक्ष उम्मेदवार वीरबहादुर चौधरी, जिल्ला सचिव सन्तोष लामिछाने, युवा संघका अध्यक्ष प्रकाश नेपाली लगायत जिल्लाका १८ जना नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्।
एकीकृत माओवादीमा प्रवेश गरेका नेपाल कम्युनिष्ट पार्टीका सचिव लामिछानेले बाम एकतालाई बलियो बनाउन आफूहरुले माओवादीमा प्रवेश गरेको बताए। उनले आफूहरुको ३० जनाको जिल्ला कार्यसमितिमा बाँकी रहेका नेता कार्यकर्ता र दुई सय जना पार्टी सदस्यहरु पनि माओवादीमा प्रवेश गर्ने तयारीमा रहेको बताए।
सो अवसरमा एमाओवादीका इञ्चार्ज ज्ञवालीले बामपन्थीहरुको नेतृत्व एमाओवादीले गर्ने भएकाले आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको बताए। उनले नवप्रवेशीलाई जिम्मेवारी दिएर निर्वाचनमा खटिन निर्देशनसमेत दिए।

Leave a Reply

Your email address will not be published.