मह जोडी भन्छन्, ‘राजनीतिमा नलाग्ने’

Maha Jodi at litfestival-1काठमाडौं- तेस्रो एनसेल नेपाल साहित्य महोत्सवको आजको शृङ्खलामा उपस्थित भएका नेपालका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुको राजनीतिमा लाग्ने सोच नरहेको बताएका छन्। महोत्सवको बिहानी सत्रमा विजयकुमार पाण्डेले गरेको छलफलमा उनीहरुले आफूहरु अहिलेसम्म कुनै पनि राजनीतिक सङ्गठनमा नलागेको र राजनीतिसम्बन्धी कुनै पनि प्रकारको ज्ञान पनि नभएकाले राजनीतिमा लाग्ने सम्भावना नभएको स्पष्ट पारे।
अब राजनीतिमा लागेर नीति निर्माणमा लाग्ने बेला भएन र भन्ने प्रश्नमा कलाकार आचार्यले भने, ‘राजनीति सिक्ने उमेर पनि गइसक्यो। यदि २०/२५ वर्ष अगाडि नै राजनीतिबारे केही जानकारी लिन सकेको भए अहिले राजनीति गर्न सकिन्थ्यो अब त त्यो उमेर पनि गइसक्यो।’
कार्यक्रममै उनीहरुले चर्चित टेलिश्रृङ्खला ‘आमा’ को चरित्रलाई प्रस्तुत गर्दै वर्तमान अवस्थाको चुनावी माहोल र संविधान निर्माणका सन्दर्भमा व्यङ्ग्य समेत गरे। मह जोडीका नामले कलाकारितामा उनीहरुले सहकार्य सुरु गरेको नै ३२ वर्ष पुगिसकेको छ। उनीहरु एकअर्कालाई नङ् र मासुको रुपमा व्याख्या गर्छन्। ‘नेवार इष्ट र बाउ दुष्ट कहिल्यै हुँदैन’ भन्ने उखान नेपाली समाजमा निकै प्रख्यात छ तर हाम्रो सम्बन्धमा यो उखानको खासै महत्व रहेन,’ आचार्यले भने।Maha Jodi at litfestival-2
एकपटक एउटा टिभी च्यानलले दुईजना एकअर्काको अन्तर्वार्ता लिने भनेर भनेको कुरा सम्झँदै कलाकार श्रेष्ठले भने, ‘हामी एकअर्कालाई एकअर्काको कुरा सबै थाह थियो त्यसैले के प्रश्न गर्ने भनेर छलफल गर्यौँट।’ आचार्य आफ्नो सबैभन्दा प्रिय व्यक्ति रहेको बताउँदै श्रेष्ठले ‘अर्बौँ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे’ बोलको गीत आफूले हरिवंशकै लागि गाएको समेत खुलाउनुभयो। आफ्नो परिवारका सदस्यले समेत दुःख पर्दा आफ्नो अनुपस्थितिमा सबैभन्दा पहिले हरिवंशलाई नै सम्झने गरेको उनले बताए।
आफूहरुको सम्बन्ध स्थायी भइसकेको बताउँदै आचार्यले अब ‘पेन्सन’ आउन बाँकी छ भने। यसैगरी विष्णु सापकोटाले चलाएको ‘राष्ट्रियताको पुर्नपरिभाषा’ छलफलमा सिके लाल, प्रत्युष वन्त, डम्बर चेम्जोङ्ले राष्ट्र र राज्यलाई अवधारणागत रुपमा छुट्टै प्राज्ञिक बहसमा लानुपर्ने अवस्था आएको बताए।Maha Jodi at litfestival-4Maha Jodi at litfestival-3Maha Jodi at litfestival-5
राज्य केन्द्रिकृत हुँदा आर्थिक, सामाजिक रुपमा जनता राज्यबाट टाढिँदै गएको उनहरुले बताए। कार्यक्रममा विक्रम सुब्बा, सरस्वती प्रतिक्षा, तुलसी दिवस र हेमन यात्रीले ‘वर्तमान कविताको अनुहार’, बसन्त थापा, भिक्टर प्रधान, बालकृष्ण बल र कनक दीक्षितले ध्वनी, ‘भिजन फर ब ट्रान्सलेसन क्याम्पेन’ विषयमा छलफल गर्नुभएको थियो। रासस

Leave a Reply

Your email address will not be published.