थारुलाई आश्‍वासन बाँड्दै देउवा

party prabeshभिम चौधरी, कैलाली- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचनपछि बन्ने संविधानले आदिवासी थारुलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित हुने बताएका छन्। कैलालीको धनगढीमा पार्टी प्रवेश गरेकालाई स्वागत गर्दै वरिष्ठ नेता देउवाले आदिवासी थारु समुदाय हर किसिमले पछाडि परेको समुदायलाई बराबरीमा ल्याउन विशेष अधिकारको आवश्यकता रहेको बताए।
सुदूरपश्चिम थरुहट भए वा नभए पनि थारु समुदायलाई अरु समुदायको बराबरीमा ल्याउन विशेष अधिकार चाहिने बताउँदै वरिष्ठ नेता देउवाले हर प्रकारले पछाडि परेका थारु समुदायको अधिकार सुनिश्चितताका लागि विशेष अधिकार दिलाउन आफ्नो प्रयास रहने बताए।

Leave a Reply

Your email address will not be published.