पर्वतमा जिप दुर्घटना, आठको मृत्यु

parbatपर्वत- उत्तरी पर्वतको लेखफाँट गाविसमा आज बिहान जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। म्याग्दीको नागीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग१ज ५१२० नम्बरको जिप पर्वतको लेखफाँट गाविसस्थित धौलापहाड भन्ने स्थानबाट सडकबाट ५०० मिटर तल खसेको थियो।
घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ भने दुई जनाको सनाखत हुन सकेको छैन। मृत्यु हुनेमा चालक धाइरिङ– ५ का २२ वर्षीय पृथ्वी पुन, शालिजा– ६ की सात वर्षीया बालिका आयुष्मा पुन, शालिजा– ६ कै १८ वर्षीया ज्ञानमाया पाइजा, लेखफाँट– ९ शङ्कर वीर फकामी, तनहुँ एक्लेफाँटकी मनमाया पुर्जा र गोरखाका भीमबहादुर थापा रहेका छन्।
घाइते आठको म्याग्दी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा लगिएको प्रहरी निरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। बारीवेनी नागी सडकखण्डमा उक्त दुर्घटना भएको थियो। कच्ची भिरालो सडक भएकाले गाडी नियन्त्रणमा आउन नसकेपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। रासस

Leave a Reply

Your email address will not be published.