‘थाकस’का केन्द्रीय अध्यक्ष एमाओवादीमा (भिडियोसहित)

Chanda Chaudharyकाठमाडौं- थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरी एमाओवादीमा प्रवेश गरेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चौधरीलाई शनिबार पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गराएका हु्न्। एमाओवादी कार्यालय पेरिस डाडाँमा आयोजित कार्यक्रममा दाहालले अबको संविधानमा थारुहरुको पनि पहिचान समेट्नुपर्ने भएकाले उहाँको पार्टी प्रवेशले एमाओवादीलाई थप उर्जा दिने बताए।

पार्टी प्रवेश गरेका चौधरीले थारुका मुद्दा र सबालमा एमाओवादी अगाडि रहेकाले आफू एमाओवादीमै प्रवेश गरेको बताए। ‘थारुका एजेन्डलाई एमाओवादीले आत्मसात गरेको छ,’ उनले भने, ‘त्यसैले म एमाओवादीलाई रोजेको हुँ।’

एमाओवादीले चौधरीलाई समानुपातिक सभासद् र केन्द्रीय सदस्य बनाउने आवश्वास दिएको छ। चौधरीलाई प्रवेश गराउँदै दाहालले पार्टीले जनताको मुद्दा बोकेक वैचारिक हतियार लिएर लडेको बताए। ‘हामी विचारको लडाई लडिरहेका छौ, त्यसकारण हाम्रा विचारबिरुद्ध झुठो प्रचार भइरहेको छ।’

भिडियो हेर्नुस्

Leave a Reply to Jeromeuneni Cancel reply

Your email address will not be published.