‘थाकस’का केन्द्रीय अध्यक्ष एमाओवादीमा (भिडियोसहित)

Chanda Chaudharyकाठमाडौं- थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरी एमाओवादीमा प्रवेश गरेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चौधरीलाई शनिबार पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गराएका हु्न्। एमाओवादी कार्यालय पेरिस डाडाँमा आयोजित कार्यक्रममा दाहालले अबको संविधानमा थारुहरुको पनि पहिचान समेट्नुपर्ने भएकाले उहाँको पार्टी प्रवेशले एमाओवादीलाई थप उर्जा दिने बताए।

पार्टी प्रवेश गरेका चौधरीले थारुका मुद्दा र सबालमा एमाओवादी अगाडि रहेकाले आफू एमाओवादीमै प्रवेश गरेको बताए। ‘थारुका एजेन्डलाई एमाओवादीले आत्मसात गरेको छ,’ उनले भने, ‘त्यसैले म एमाओवादीलाई रोजेको हुँ।’

एमाओवादीले चौधरीलाई समानुपातिक सभासद् र केन्द्रीय सदस्य बनाउने आवश्वास दिएको छ। चौधरीलाई प्रवेश गराउँदै दाहालले पार्टीले जनताको मुद्दा बोकेक वैचारिक हतियार लिएर लडेको बताए। ‘हामी विचारको लडाई लडिरहेका छौ, त्यसकारण हाम्रा विचारबिरुद्ध झुठो प्रचार भइरहेको छ।’

भिडियो हेर्नुस्

4 thoughts on “‘थाकस’का केन्द्रीय अध्यक्ष एमाओवादीमा (भिडियोसहित)

  1. थारु कल्याणकारिणी सभा राम्ररी चलाउन नसक्ने चन्द्रकुमार लेखीको नागरिक पार्टीमा थियो । तीनवर्ष अध्यक्ष हुँदा थारु कल्याणकारिणी सभा सुतेर बसेको छ, कुनै गतिविधि छैन, केन्द्रीय समितिको वैठक पनि दुई तीन पटक भन्दा बसेको छैन, केन्द्रीय परिषदको वैठक एकपटक पनि गरेको छैन, कहिले गच्छदारको पार्टीसँग मिल्ने, कहिले उपेन्द्र यादव त कहिले राजेन्द्र महतोसँग मिल्ने। चन्द्र दाइ कस्तो हुनुहुन्छ भन्ने उपत्यकाको थारु महिला सभाको बिबादले पनि देख्न सकिन्छ कि उहाँले आफ्नो बुहारी रेणु चौधरीलाई फेरि अध्यक्ष बनाउन लाजमर्दाे हस्तक्षेप गर्नुभयो। तर पछि सबैले लोप्पा खुवाएपछि हार्नुभयो। थारु कल्याणकारिणी सभाको आज कुनै हैसियत र इज्जत छैन, कुनै आन्दोलन छैन, यस्तो अध्यक्षले जुन पार्टीमा प्रवेश गरे पनि के अर्थ हुन्छ?

  2. संसारमा कमिकमजोरीरहित मान्छे कोही पनि हुँदैन । कोहीले केही विषयमा, केहीले केही विषयमा गल्ती गरेकै हुन्छ ।
    पार्टीमा वा समाजमा गल्ती गर्ने चन्द्रकुमार चौधरी पहिलो मान्छे होइन, नत अन्तिम नै हुन सक्छ ।
    आजको नवयुवा बर्ग र सभ्य समाजले त गल्ती गर्नेलाई सुधार्न प्रेरित गर्नुपर्ने हो । खाली अर्काको कुरा काटेर मात्रा बस्नु राम्रो हैन ।

  3. No.1 daku..ko..parchar…..maile juta chafal ko maala banako..ramro sanga sowaad gat garera……Tharu samaj bata…khedaunu parchha…….jaag gali manchhe lai kasari sudharne…….hami yuwa le….sudharna ek matra upai chha juta chapal maalaa layera media media ma parchar garera ki kaso…….aafule gare ku karya..jha jhal ko aawos…yesari perit garyo bhane……pakai……sudhar chhan……..

Leave a Reply

Your email address will not be published.