उम्मेदवारी दिएको भोलिपल्टै एमाले नेतामाथि गोली प्रहार

BKM_Parsa, shabhasad helecopterbat upcharka lagi kathmandu lyaudai-3काठमाडौं- बारा क्षेत्र नं ४ बाट नेकपा एमालेफबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महमुद आलमलाई अज्ञात समूहले गोली हानेका छन्। वीरगन्ज–पथलैया सडकखण्डको बारा चैनपुरमा शुक्रबार बिहान ११:३० बजे उनीमाथि गोली प्रहार भएको थियो। उनी गम्भीर घाइते छन्। घाइते आलमको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारपछि काठमाडौं ल्याइएको छ। उनको उपचार शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
भारतीय नम्बरको मोटरसाइकलमा चढेर आएका दुई अपरिचित व्यक्तिले आलममाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। उनको निधारमा गोली लागेको र स्वास्थ्यस्थिति अत्यन्त गम्भीर रहेको नेसनल कलेजका डाक्टरले बताएका थिए।
गोली हानेर अपरिचित व्यक्ति दक्षिणतर्फ भागेका थिए। उनीहरूको खोजी व्यापक रूपमा भइरहेको र शङ्कास्पद ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
आलममाथि आक्रमणप्रति एमालेको निन्दा
BKM_Parsa, shabhasad helecopterbat upcharka lagi kathmandu lyaudai-1नेकपा एमालेले पार्टी सदस्य तथा बारा जिल्ला क्षेत्र नं ४ को संविधान सभा निर्वाचनका उम्मेदवार महमुद आलमलाई अपरिचित व्यक्तिले कञ्चटमा गोली हानी गम्भीर घाइते तुल्याएको भन्दै त्यसको भर्त्सना गरेको छ।
पार्टी अध्यक्ष झलनाथ खनालले विज्ञप्ती जारी गरी घटनाका अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न र संविधान सभाको निर्वाचन शान्तिपूर्ण ढङ्गले निर्वाधरुपमा सम्पन्न गर्नका लागि शान्ति सुरक्षाको आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। यसैबीच, नेपाली कांग्रेसले यस घटनालाई मुलुकमा सदैव अस्थिरता कायम गरी मुलुकलाई थप जटिलतातर्फ उन्मुख गराउने र संविधान सभाको निर्वाचनमा जुटिरहेको मुलुकलाई अगाडि बढ्न अवरोध खडा गर्ने दुष्प्रयास गरेको संज्ञा दिँदै त्यसको निन्दा गरेको छ। BKM_Parsa, shabhasad helecopterbat upcharka lagi kathmandu lyaudai-2
गोली प्रहारप्रति आयोगको ध्यानाकर्षण
निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवारको पूर्ण सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदै घाइते उम्मेदवारको उपचारको प्रभावकारी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने समेत निर्णय गरेको छ।
तस्बिर सौजन्य: विजयकुमार महतो/रासस

Leave a Reply

Your email address will not be published.