राजधानीमा जितिया पर्व (फोटो फचिर)

jitiya 2070-8काठमाडौं- काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु जातिले आफ्नो महान पर्व ‘जितिया’ धुमधामका साथ मनाएका छन्। राष्ट्रिय नाचघर जमल र राष्ट्रिय सभागृह भृकुटीमण्डपमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा थारुहरुले जितिया पर्वको पूजापाठ गरी पर्व मनाएका हुन्। सूर्य (जीतमहान) को २४ घण्टे लामो ब्रतबसी थारुहरुले पतिको दीर्घायू, सन्तानको सुस्वास्थ्य तथा प्रगतिको कामना गर्दै पर्व मनाउँछन्।
कार्यक्रमको उद्घाहटन गर्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले थारुहरुको महान पर्व जितियाको ऐतिहासिक महत्व रहेको बताए। थारुहरु संस्कृतिका धनी भए पनि राज्यले त्यसको संरक्षण तथा सम्बर्द्धनमा खासै ध्यान दिन नसकेको उनले चर्चा गरे। जितिया पर्वको शुभकामना व्यक्त गर्दै अध्यक्ष गच्छदारले थारुहरुको सबै पर्व महत्वपूर्ण रहेकाले त्यसको संरक्षण तथा सम्बर्द्धनमा आफ्नो ठाउँबाट सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए।jitiya 2070-1
कार्यक्रममा थारु कल्याणकारिणीसभाका पूर्व महामन्त्री भुलाई चौधरीले थारुहरुको उद्गमभूमि नेपालको तराई रहेको र जितिया पर्वको सुरुवात पनि यही भूमिबाट शुरुभएको चर्चा गरे। भगवान सूर्यको उपासना गरी लामो ब्रत बस्नाले गरेको काममा समृद्धि, प्रगति तथा विजय हासिल हुने विश्वास व्यक्त गरे। थारु पर्वहरु आफैमा ऐतिहासिक भए पनि संरक्षणको अभावमा संकटमा पर्दै गएको भन्दै उनले युवालाई सजग हुन आव्हान गरे।jitiya 2070-2
थारु महिला समाज, नेपालको आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा भएको कार्यक्रममा समाजकी अध्यक्ष सरस्वती चौधरीले थारुको परम्परागत सीप, संस्कृतिको जगेर्ना गर्न अहिलेको प्रमुख चुनौति रहेको बताइन्। राज्य उदासिन भएका बेला थारु समुदाय स्वयं संस्कृति संरक्षणमा सजग हुनुपर्ने धारणा उनको थियो।jitiya 2070-6
कार्यक्रममा समाजकी उपाध्यक्ष परमेश्वरी चौधरी, थारु अगुवा महेश्वरप्रसाद चौधरीलगायतले जितिया पर्वको महत्व र सामयिकताका बारेमा प्रष्ट्याएका थिए। कार्यक्रममा नेपाल नागरिक पार्टीका अध्यक्ष राजकुमारे लेखी, थारु नेता विद्यान्नद चौधरी, विद्यार्थी नेता शैलेन्द्र चौधरीलगायतको उपस्थिति थियो। जितिया पर्व नेपालको पूर्वी भु–भागमा बस्ने थारुहरुको प्रमुख चाड भए पनि पश्चिमका थारुहरु यस पर्वलाई खासै मनाउँदैनन्।

jitiya 2070-3 jitiya 2070-4 jitiya 2070-5  jitiya 2070-7

Leave a Reply

Your email address will not be published.