थारुवान डटकमको अभियान जारी रहोस्

santosh dahitसन्तोष दहित– सर्वप्रथम त थारुवान डटकमका सञ्चालक मदन चौधरीप्रति धेरै-धेरै शुभकामना एवं बधाइ दिन चाहन्छु। मदनजी तपाईँले जुन उद्देश्यका साथ थारुवान डटकमको सञ्चालन गर्नुभयो, त्यो उद्देश्यका साथ आज थारुवान डटकमको एक वर्ष पार गरेको कुरा सुन्दा धेरै खुसी लागेको छ। हरेक चूनौतिको बाबजुद पनि आज एक वर्ष पार गरी दोस्रो वर्षको यात्रामा प्रेवेश गरेकोमा पुनः थारुवान डटकमको शुभकामना र निरन्तरताको कामना गर्छु।

एक वर्षको दौरानमा थारुवान डटकमले नेपालमा मात्र नभइ संसारभर आफ्नो छुट्टै किसिमको पहिचान बनाएको छ। थारुहरुको एकमात्र अनलाइन थारु जातिको इतिहास कायम राखेको छ। नेपालको थारु समुदायका भाषा, कला, संस्कृति तथा रीतिरिवाजबारे विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। खासगरी नेपालको भित्रि तराई प्रदेशमा बस्ने २४ जिल्लाका थारु समुदायको भाषा, संस्कृति, संस्कारलाई एक जिल्लाबाट अर्को जिल्लाबारे छिटोभन्दा छिटो जानकारी गराउनमा ठूलो योगदान दिँदै आएको छ।

यतिमात्र नभएर थारुहरुको सामाजिक, आर्थिक तथा राजनीतिक आन्दोलनलाई पनि यस थारुवान डटकम उल्लेखनीय भूमिका छ। थारुहरुको मुद्दालाई एक रुपता बनाउनका लागि थारु नेताहरुलाई घच्घचाउने काम गरेको छ। त्यसैगरी राज्यलाई पनि थारुहरुको अधिकारप्रति सचेत बनाउँदै आएको छ।

छोटो समयमा पनि हजारौं पाठकको मन जित्न सफल भएको थारुवान डटकमले सधैंझैं हरेक घण्टा, हरेक दिन ताजा-ताजा समाचार, सूचना, शिक्षा, मनोरञ्जन लिएर अगाडि बढनेछ भन्ने पुर्ण विश्वास छ।

अन्त्यमा थारुवान डटकमको जुन अभियान छ त्यो अभियानलाई मबाट हुने जस्तोसुकै सहयोग गर्ने यही लेखबाट प्रतिबद्धता व्यक्त गर्छु । आज थारुवान डटकम भएकै कारणले मैले थारु समुदायको मुद्दालाई लेखेर उठान गर्न पाएको छु। आफ्नो विचार राख्न पाएको छु। थारु समुदायको हरेक क्रियाकलाप लेख्ने मौका पाएको छु। यसप्रति पनि म थारुवान डटकमका सञ्चालक मदनजीप्रति धेरै धेरै अभार प्रकट र कृतज्ञता ब्यक्त गर्न चाहन्छु । र, म थारु समुदायको एकमात्र अनलाइनलाई बचाइ राख्नका लागि सबैलाई आ–आफ्नो टप्काका जेजस्तो सहयोग गर्नसक्नु हुन्छ सहयोग गरिदिनका लागि पनि अनुरोध गर्दै पुनः दोस्रो वर्षमा प्रवेश गरेकामा थारुवान डटकमको पूर्ण सफलताको कामनासँगै निरन्तरताको शुभकामन दिन चाहन्छ।

दहित थारु पत्रकार संघ, दाङ शाखाका अध्यक्ष हुन्। उनी थारुवान डटकमलाई दाङबाट समाचार पठाएर सहयोग गर्नुहुन्छ।
[email protected]

Leave a Reply

Your email address will not be published.