श्रीनिवासको अध्यक्षतामा रुपन्देहीमा थारु पत्रकार संघ गठन

TJA-Butwalकमला चौधरी- थारु पत्रकारको हक, अधिकार तथा नेपाली पत्रकारितालाई व्यवसायिक र क्षमतावान बनाउन रुपन्देहीमा थारु पत्रकार संघ गठन भएको छ। बुटवलको आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको कार्यलयमा थारु पत्रकार संघका केन्द्रीय महासचिव कृष्ण सर्वहारीको प्रमुख आतिथ्यता नौं सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।
श्रीनिवास चौधरीको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष राज चौधरी, सचिवमा कमला चौधरी, सहसचिवमा कमलसिंह चौधरी, कोषाध्यक्षमा किस्मती चौधरी र सदस्यमा नरेश चौधरी, पूजा चौधरी र योगेन्द्र चौधरी छन्।
त्यसैगरी सल्लाहाकार समितिमा वरिष्ठ सल्लाहाकार कमलनारायण चौधरी, पत्रकार हिक्मत चौधरी, आदिवासी जनजाति महासंघ रुपन्देही अध्यक्ष सन्तकुमार थारु, कल्याणकारिणी सभाका जिल्ला उपसभापति रामवलि थारुलगायतका छन्।
भेलामा बोल्दै थारु पत्रकार संघका केन्द्रीय महासचिव कृष्ण सर्वहारीले पत्रकारलाई पेसामा टिकाउन र पेसाप्रति जिम्मेवार बनाउन अहिलेको प्रमुख चुनौती रहेको बताए। पत्रकारहरु सक्षम र सुरक्षित नहुँदासम्म समाज प्रगतितर्फ नजाने साथै संस्कृतिको विकास नहुने कुरामा पनि जोड दिए। पत्रकारहरुले न्यूनतम पारिश्रमिकसमेत पाउन नसकेको अहिलेको अवस्थामा देशलाई अग्रगमनतर्फ धकेल्न उत्तिकै चुनौती रहेको भन्दै उनले पत्रकारको सुविधाप्रति जिम्मेवार हुन सरकारलाई आग्रह गरे।
नेपाल आदिवासी जनजाति महासंघका रुपन्देही अध्यक्ष सन्तकुमार थारुले पत्रकार देशको चौथो अंग भएकाले सत्य तथ्य कुरालाई मिडियामा ल्याउनुपर्ने बताए। जसले गर्दा समाज प्रगतिको बाटोका लगोस्। भेलामा रुपन्देहीमा क्रियाशिल थारु पत्रकारलाई एकै ठाउमा गोलबन्दी गरी थारु समुदायको हकहितमा कलम चलाउनुपर्नेमा जोड दिएका थिए।

भेलामा आदिबासी जनजाति पत्रकार संघ फेनिजका अध्यक्ष मिलन गाहा, थारु कल्याणकारिण सभा रुपन्देही उसभापति रामवलि चौधरीलगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा कार्यकालको सफलताको शुभकामना दिएका थिए।

Leave a Reply

Your email address will not be published.