सस्तो आइफोन सेप्टेम्बरमा

iphone-liteएप्पलले आइफोन फाइभ एस र सस्तो खालको आइफोन लाइट सेप्टेम्बर महिनाको पहिलो हप्ता सार्वजनिक गर्ने भएको छ। यी मोबाइलमा नयाँ आइओएस सेभेन अपरेटिङ सिस्टम हुनेछन्। एप्पलका सिइओ टिम कुकले सेप्टेम्बरको कुनै दिनमा सार्वजनिक हुने भने पनि पहिलो सातामै हुने अनुमान धेरैको छ। आइफोन फाइभ एसमा डुअल एलइडी १२ एमपीको क्यामेरा हुनेछ। त्यसैगरी फिंगरप्रिन्ट सेन्सर समेत राख्ने भनिएको छ। त्यसैगरी आइफोन लाइट विभिन्न रङमा उपलब्ध हुनेछन्। यसअघि कालो र सेतोमा मात्र आइफोन उपलब्ध थियो। सस्तोमा दिनुपर्ने भएकाले लाइटमा रेटिना डिस्प्ले नहुने अनुमान गरिएको छ। सस्ता मोबाइल फोनसँग प्रतिस्पर्धामा आउन आइफोनले ल्याउन लागेको आइफोन लाइटको मूल्य कति हुनेछ भन्नेबारे अहिले नै भन्न सकिने स्थिति छैन। तर, कुकले भने नयाँ उत्पादनले मोबाइल उद्योगमै परिवर्तन ल्याउने दाबी गर्न भ्याइसकेका छन्।

Leave a Reply

Your email address will not be published.