एप्पलले आइफोन फाइभ एस र सस्तो खालको आइफोन लाइट सेप्टेम्बर महिनाको पहिलो हप्ता सार्वजनिक गर्ने भएको छ। यी मोबाइलमा नयाँ आइओएस सेभेन अपरेटिङ सिस्टम हुनेछन्। एप्पलका सिइओ टिम कुकले सेप्टेम्बरको कुनै दिनमा सार्वजनिक हुने भने पनि पहिलो सातामै हुने अनुमान धेरैको छ। आइफोन फाइभ एसमा डुअल एलइडी १२ एमपीको क्यामेरा हुनेछ। त्यसैगरी फिंगरप्रिन्ट सेन्सर समेत राख्ने भनिएको छ। त्यसैगरी आइफोन लाइट विभिन्न रङमा उपलब्ध हुनेछन्। यसअघि कालो र सेतोमा मात्र आइफोन उपलब्ध थियो। सस्तोमा दिनुपर्ने भएकाले लाइटमा रेटिना डिस्प्ले नहुने अनुमान गरिएको छ। सस्ता मोबाइल फोनसँग प्रतिस्पर्धामा आउन आइफोनले ल्याउन लागेको आइफोन लाइटको मूल्य कति हुनेछ भन्नेबारे अहिले नै भन्न सकिने स्थिति छैन। तर, कुकले भने नयाँ उत्पादनले मोबाइल उद्योगमै परिवर्तन ल्याउने दाबी गर्न भ्याइसकेका छन्।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर