‘कमलरी हिंसाविरुद्ध सडक आन्दोलन गर्नुपर्छ’

सन्तोष दहित, बाँके- कमलरी सृजना चौधरीको हत्याको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको विषयमा बाँकेमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा कमलरी क्षेत्रमा काम गर्ने संघसस्थाबीच छलफल भएको छ। सृजना चौधरीको हत्या भएको डेढ महिना बढी भइसक्दा पनि राज्यले कुनै चासो नदेखाएकोप्रति छलफलमा खेद प्रकट गरिएको थियो। कार्यक्रममा कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समितिका केन्द्रीय सदस्य सन्तोष दहितले हालसम्म गरेका क्रियाकलापबारे जानकारी गराएका थिए।

घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीका लागि राष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, गृहमन्त्रि, ऐमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई, नेकपा ऐमालेका अध्यक्ष झलनाथ खनाल, नेपाली कांग्रेसका रामशरण महत, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलगायतलाई दोषीलाई कारबाहीको अपील गरिसकेको छ। तैपनि राज्य मौन बसेको देखेर सडक आन्दोलनको विकल्प नरहेको छलफलमा बोल्न वक्ताहरुले निचोड निकालेका छन्।

बैठकमा एमाआवादीका अन्जना चौधरी, नेकपा एमालेका चन्द्र बहादुर चौधरी, नेकपा माओवादीका पटटु थारु,  थारु युवा शक्तिका अविनास चौधरी, मधेसी लोकतान्त्रिक फोरमका जनजिरु थारु, थारु विद्यार्थी परिवारका संरक्षक जगत चौधरी, थारु कर्मचारी संगठनका जीतबहादुर चौधरी, थारु विद्यार्थी परिवारका दीपेन्द चौधरी, पत्रकार विश्वराज पछलदङ्ग्या, कृष्ण चौधरीलगायतले कमलरी हिंसाविरुद्ध सशक्त अभियान चलाउनुपर्ने बताएका थिए।

 

छलफलबाट राज्यलाई दबाब दिन पटटु चौधरीको संयोजकत्वमा ११ सदस्यीय कमलरी प्रथा उन्मुलन संघर्ष समिति गठन गरेको छ। जसको सदस्यमा अन्जना चोधरी, चन्द्रवहादुर चौधरी, जनजिरु थारु, अविनाश चौधरी, दिपेन्द्र चौधरी, मंगल चौधरी, जगतराम चौधरी, जितवहादुर चौधरी, विनोद सिंह कडारा र दिलकुमारी चौधरी रहेका छन्।

Leave a Reply

Your email address will not be published.