ग्याजेटमा थपिँदै गुगल ग्लास

google-glassesगुगलले बनाएको चस्मा सन् २०१४ अगाडि लगाउन सकिनेछैन तर यो ग्याजेट चर्चाको शिखरमा भने चढिसक्यो। करिब एक करोड मानिसले यो ‘ग्याजेट कम ग्लास’ सन् २०१६ सम्म लगाइसक्ने अपेक्षा गरिएको छ। सन् २०१४ मा सार्वजनिक हुने गुगल ग्लासको मूल्य सुरुवाती दिनमा १ हजार पाँच सय डलरसम्म पर्ने अपेक्षा गरिएको छ। ग्लाससँगै हेडसेटसमेत समावेश गर्नेबारे कम्पनीले अनुसन्धान थालिसकेको छ।

गुगल ग्लासले अहिले स्मार्ट ग्याजेटहरूले जे उपलब्ध गराइरहेका छैनन्, त्यसलाई समेट्नेछ। तर, ग्याजेटका रूपमा आँखामा नै झुन्डिने तयारीमा रहेको यो डिभाइसमाथि चर्का विवाद आउने निश्चित छ। अहिले पनि मानिसका औँला ग्याजेट्समा धेरै बेर चलिरहेको छ। यो ग्लास त आँखामा नै रहन्छ र यसलाई कति समय आँखामा झुन्ड्याउने? प्रयोगकर्ताले कति समय गुगल ग्लास प्रयोग गर्न सक्छन्?

गुगल ग्लासको हार्डवेयर कस्तो हुने हो, त्यो २०१४ पछि थाहा हुने नै छ, यसमा हुने एप्सहरू कस्ता हुन्छन् त? एप्सबारे अहिलेसम्म कम्पनीले केही सार्वजनिक गरेको छैन। यसमा प्रयोग गरिने हार्डवेयरमा यसको एप्सले कस्तो सपोर्ट गर्छ, यसकै आधारमा सर्च इन्जिनमा एकछत्र राज गरिरहेको कम्पनीको स्वप्न योजना सफल या असफल हुने निश्चित छ। गुगलले यसअघि ल्याएका हार्डवेयरमा आधारित उत्पादनहरू फ्लप नै साबित भइसकेका छन्। त्यसैले गुगल ग्लास उसका लागि प्रतिष्ठाको लडाइँसमेत हो।

Leave a Reply

Your email address will not be published.