विवाह रोक्न अदालतको आदेश

सर्लाही– विवाहको अन्तिम तयारी पूरा भइसकेको एउटा विवाह रोक्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ। हरिपुर–४ चितायनका २२ वर्षीय विपीसिंह चौधरीलाई जिल्ला न्यायाधीश माधव पोखरेलको इजलासले शुक्रबार विवाह नगर्न अन्तरिम आदेश दिएका हुन। एक श्रीमती हुँदाहुँदै दोश्रो विवाहको तयारीमा रहेका चौधरीलाई तत्काल विवाह स्थगित गर्न अन्तरिम आदेश जारी गरेको इजलास सहायक दिनेश मिश्रले नागरिकन्युजलाई बताए।
स्थानीय २३ वर्षिया भवानी चौधरीले श्रीमान् वीपीसिंह चौधरीले अर्को विवाह गर्न लागेको भन्दै निमन्त्रणा कार्ड समेत संलग्न गरी निषेधाज्ञा जारी गर्न माग गर्दै बिहिबार निवेदन दिएपछि अतालतले विवाह रोक्न आदेश जारी गरेको हो। भवानीले निवेदनमा वीपीसिंहसँग २०६६ साल माघ २४ गते आफ्नो विवाह भएको र आफू छँदाछँदै फेरि दोस्रो विवाह गर्न लागेकाले रोक्न निवेदनमा माग गरेकी थिइन्।

जिल्ला अदालतले दुवै पक्षलाई वैशाख १५ गते उपस्थित हुन आदेश दिएको मिश्रले जानए। चौधरीले हरिपुर–२ का १७ वर्षिया अम्बिका चौधरीसँग वैशाख १६ गते विवाह गर्ने लागेका हुन। इलाका प्रहरी कार्यालय हरिपुर र गाउमा भएको छलफलमा चौधरी नमानेर दोश्रो विवाहका लागि कार्ड छपाएर वितरण गरे पछि सन्जु भनिने भवानी चौधरीले विवाह दर्ता र दोश्रो विवाहका लागि छापिएको निमन्त्रणको नक्कल सहित निवेदन दिएको इजलास सहायक मिश्राले बताए।

दुई वर्ष अघि मात्र जिल्ला अदालतलाई अन्तरिम आदेश जारी गर्न अधिकार प्रत्यायोजित गरिएको थियो। अधिकार पाएपछि सर्लाही जिल्ला अदालतले पहिलो पटक दोश्रो विवाह गर्न लागेका चौधरीको हकमा अन्तरिम आदेश दिएको ईजलास सहायक दिनेश मिश्रले जानाए।

Leave a Reply

Your email address will not be published.