थारू साहित्यमा मौलिक विधाको खोजी

Tharu Litrecy 2मुकेश टेंर्रा, कैलाली- देशैभर छरिएर रहेका (छिट्कल) थारू साहित्यकार आइतबार कैलालीको छुट्की पलियामा एकजुट भए। छिट्कल थारू साहित्यिक समाजले आफ्नो पहिलो वार्षिकोत्सव मनाउन पवेरा गाविस–३ छुट्की पलियामा आयोजना गरेको थारू साहित्यिक उँकवार–भेट कार्यक्रममा उनीहरू जमघट भएका हुन्। उनीहरुले आफ्ना प्रस्तुतीमार्फत् सुस्ताउँदै गएको थारू समुदायका साहित्यकारहरु फेरि जुरमुराइसकेको सन्देश दिए।
उनीहरूले एकजुट भएर थारू साहित्यको मौलिक विधालाई खोजे र नयाँ विधाको रुपमा प्रवेश गरेको गजल र कविता मार्फत् देशको राजनीतिक बेथिति र सामाजित कुरीतिलाई माझे। उनीहरुले आधुनिक विधाको रुपमा थारू साहित्यमा प्रवेश गरेको गजल, मुक्तक र कविता मार्फत् राजनीतिक नेता र कुरीतिपूर्ण समाजलाई चोटिलो प्रहार गरे।
कैलालीका साहित्यकार जीतबहादुर थारू ‘ट्रासन’ले आफ्नो गद्य कवितामार्फत् कैलालीको थारू समुदायको तर्फबाट राधानीलाई चेतावनी दिए। उनले यहाँका थारू समुदायको अधिकार खोज्दै सिधै काठमाडौं पुगी विभेदकारी शासन व्यवस्था भत्काउने चेतावनी दिए।

दाङ देउखुरीका साहित्यका छविलाल कोपिलाले ट्रासनलाई साथ दिँदै शासकलाई क्षण हाने। प्रगतिवादी साहित्यकार कोपिलको कविता र गजलले साहित्यकारहरूलाई प्रगतिवादतिर उन्मुख हुन प्रत्प्रेरित गर्दै थियो।
दाङ देउखुरी घर भई काठमाडौं कर्मथलो बनाएका बरिष्ठ साहित्यकार तथा साहित्य विश्लेषक कृष्णराज सर्वहारीले कमलरीहरूको व्यथालाई कवितामा बोले। उनको ’बाबाहें चिठ्ठी“ शिर्षकको गद्य कविताले अकालमा मृत्युवरण गर्न नानीहरूलाई कमलरी नबनाउन गरीव थारू किसानहरूलाई आग्रह गरिरहेका थिए।
बर्दिया घर भइ काठमाडौंमा बस्दै आएका वरिष्ठ साहित्यकार सुशील चौधरीको ‘रम्टरम्टम’ शीर्षकको कविताले वर्षैभरि घामपानी नमानेर कमाएको अन्न लुटिनुको कारण बोलेको थियो। उनको अत्यन्त सहज र सरल प्रस्तुतिले थारू किसानहरुको अन्नभण्डार कलकर्ह्वा (चटके)को रमिता हेर्दाहेर्दै सकिने गरेको प्रशंगलाई उठान गरेका छन्।
कैलालीका साहित्यकार दिलबहादुर चौधरीले थारूको मौलिक विधा खोज्दै थारू समुदायको विवाह गीत ‘माँगर’ गाए। उनले थारू साहित्यकारहरूले नयाँ विधामा लेख्नुका साथै पौराणिक मौलिक विधामा समेत कलम चलाउन नवप्रवेशी साहित्यकारहरूलाई अनुरोध गरे।
उनको जोडमा बल थप्दै साहित्यकार छविलाल कोपिलाले थारू समुदायमा मौषम र पर्व अनुसार गाइने गीतहरु मौलिक साहित्यको विधा रहेको भन्दै सोही गीतका लयमा साहित्य लेखिनु उपयुक्त हुने बताए । उनले त्यसले मात्रै थारू साहित्यको संरक्षण र सम्बर्द्धन हुनसक्ने बताए।
वरिष्ठ साहित्यकार सुलील चौधरीले थारू साहित्यमा शास्त्रीय लय धेरै रहेको बताए।उनले ती लयको प्रयोगमा ल्याइ साहित्य सृजना गर्दा थारू साहित्यमा मौलिकपन झल्किने बताए। थारू साहित्य वेदवेदान्तहरू भन्दा निकै बलियो रहेको दावी गर्दै उनले थारूका पुर्खाहरूले उहिले नै ‘गुर्बाबक जलमौटी’ काव्यमार्फत् भौतिकवादको समेत व्यख्या गरिसकेको बताए। वरिष्ठ साहित्यका सर्वहारीले साहित्यलाई थारूका मौलिक विधालाई प्रयोग गर्नुका साथै नयाँ विधालाई सम्मानका साथ स्वागत गरिनुपर्ने बताए।

उनले आफ्नै समुदायमा रहेरमात्रै प्रगति गर्न नसकिने भएकाले नेपाली, अंग्रेजलगायतका सबै भाषाको ज्ञान लिइरहनुपर्नेमा जोड दिए। उनले नेपालीमा वा अन्य भाषामा लेखिएको गजल उल्था गर्न उपयुक्त रहेको बताउँदै मौलिक भाषामै जगल लेख्‍न साहित्यकारलाई आग्रह गरे।
अधिकांश सहभागीले गजल प्रस्तुत गरेको कार्यक्रममा थारू समुदायका मैना, सजना, माँगर, धमार, झुम्रा लगायतका गीतहरु समेत प्रस्तुत भएका थिए भने गायक/गायिकाले आधुनिक गीतसमेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा गजलकार सागर कुश्मीको ‘आँसके सागर’ गजल संग्रह र मोतीराम चौधरीको ‘मनके बोझा’ गजल संग्रह वरिष्ठ साहित्यकार सर्वहारीले लोकार्पण गरेका थिए। कार्यक्रम सिर्जना समाजको सहयोगमा आयोजना गरिएको थियो।Tharu Litrecy 3 Tharu Litrecy 4 Tharu Litrecy 5 Tharu Litrecy 1 Tharu Litrecy 6

2 thoughts on “थारू साहित्यमा मौलिक विधाको खोजी

  1. its really proud to see it.i would like to thank all the team from my heart.good excercise. keep it up.

Leave a Reply

Your email address will not be published.