बेपत्ता छोरा खोजिदिन वृद्ध आमाको अपिल

Bidhananda chaudharyकाठमाडौं– दस वर्षदेखि हराइरहेका छोरा खोजिदिन लखनीदेबी थारूले सरकारलाई आग्रह गरेकी छन्। बिहीबार राजधानीमा पत्रकार सम्मलेन गर्दै ७० वर्षीया थारूले द्वन्द्वकालमा हराएका आफ्ना ४० वर्षीय छोरा विद्यानन्द चौधरीलाई खोजिदिन राज्यसमक्ष आग्रह गरेकी हुन्। दस वर्षअघि २०५९ सालमा सप्तरी हरिहरपुर–१ मटिगढाबाट बजार जान्छु भन्दै निस्केका छोरा अहिलेसम्म सम्पर्कमा आएको छैन। सो समय माओवादी द्वन्द्वकाल जारी रहेकाले कुनै समूहले बेपत्ता पारेको शंका उनको परिवारको छ।

‘छोरालाई हामीले धेरै खोज्यौं,’ आमा लखनीदेबीले बिलौना गर्दै भनिन्, ‘तर कतै पनि भेटिएन।’ भारतको सीमा, पूर्व–पश्चिम सबैतिर खोज्दा पनि नभेटेको उनले बताइन्।
द्वन्द्वकालमा प्रहरीलाई उजुरी दिँदा उल्टै थर्काएर पठाएको विद्यानन्दका दाजु सुरेन्द्र चौधरीले बताए। ‘ब्यक्तिगत तवरमा हामीले धेरै खोज्यौं,’ उनले भने, ‘तर प्रहरीको समेत असयोगका कारण मेरो भाइलाई आजसम्म भेटाएका छैनौं। उनले सास वा लास जे भए पनि खोजिदिन सरकार, प्रहरी, मानवअधिकारकर्की समक्ष अपिल गरे। भाइले दस वर्ष अगाडि राजधानीमा धानको ब्यापार पनि गर्दै आएकाले अज्ञात समूहले अपहरण गरेको हुनसक्ने अुनमान उनका दाजुले गरे।

त्यस्तै उनका छोरा सिकेन्द्र चौधरी र कृष्णराज चौधरीले पनि आफ्ना बुबा खोजिदिन आग्रह गरे। १८ वर्षी छोरा कृष्णराजले बुबा हराउँदा आफू सानै भएकाले उहाँको कमी हरदम महसुस गर्ने गरेको बताए। ‘म सानै छँदा बुबा हराउनुभयो,’ उनले भने, ‘उहाँको माया, ममताको कमी मैले धेरै महसुस गर्छु। उनले बुबा भइदिए मैले पनि अरुका छोरासरह माया ममता पाउने बताए।Bidhananda family, aama, and 6oraaama-bidhanandasurendra

Leave a Reply

Your email address will not be published.