‘कमलरी हत्यारालाई जनकारबाही गर्छौं’

सन्तोष दहित, दाङ-  कमलरीमाथि भइरहेको हत्या हिंसा, बलत्कार र आगजनिविरुद्धमा गरिएका दुई दिने पश्चिम बन्द सरकारलाई पाँच दिने अल्टिमेटम दिँदै स्थगित गरिएको छ। कमलरी सृजना चौधरीको हत्यारा इन्जिनियर युवराज पौडेल, पौडेललाई सहयोग गर्ने मतियारहरु पार्वती गिरी, शंकर अधिकारी र लिलामणि शर्मालाई पाँच दिनभित्र कारबाही नगरे दास्रो चरणको आन्दोलमा जाने आयोजित कार्यक्रममा जानकारी दिइयो। उनीहरुले सरकारले कारबाही नगरे जनकारबाही गर्न चेतावनीसमेत दिए।

‘सकारले कानुनी कारबाही नगरे सडकमा ल्याइ कालोमोसो दलछौं,’ आयोजित कार्यक्रममा एक सहभागीले भने, ‘उनीहरुको टाउमो चारपाटे कपालफाली,  बजार परिक्रम गर्छौं।’

घटनाको सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्तिको मागसमेत गरेका थिए। कार्यक्रममा राष्ट्रिय थारु मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष इन्द्रजित थारु, पूर्व कमलरी तथा नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रीय सदस्य शान्ता चौधरी, थारु कल्याणकारिणी सभाका जिल्ला सभापति तेजमान चौधरी,  मुक्त कमलरी विकास मञ्चका प्रबन्धक फकला थारु, नेपाल आदिवासी जनजाति महासंघको जिल्ला अध्यक्ष तिलबहादुर पुन, भूमिअधिकार मञ्च दाङकी अध्यक्ष निर्मला विकलगायतले कारबाहीका लागि अपिल गरेका थिए।

कार्यक्रमको सहजीकरण थारु कल्याणकारिणी सभाका जिल्ला सचिव सन्तोष दहितले गरेका थिए। बन्द कार्यक्रममा जिल्लाका सक्रिय थारु संघसस्था तथा राजनीतिक पार्टीका भातृसंगठन गरी २२ वटा संगठनको समर्थन रहेको थियो। दुई दिने बन्दमा कुनै पनि अप्रिय घटना भने घटेन। बन्दले दाङलगायत बाँके बर्दिया, कैलाली र कञ्चनपुर जनप्रभावित भएको थियो।

 

Leave a Reply

Your email address will not be published.