कमलरी मृत्युको छानविन माग गर्दै पश्चिम तराई बन्द

दाङ- ललितपुर बस्दै आएकी दाङको लालमटिया- ८ की १२ बर्षीया कमलरी सिर्जना चौधरीको मृत्यु रहस्मय रहेको भन्दै छानवीनको माग गर्दै थारु संघ संस्थाले पश्चिम तराई बन्द गराएको छ। चाकुपाटस्थित ईञ्जिनियर युवराज पौडेलको डेरामा बस्दै आएकी सिर्जनाको चैत १४ गते दिउँसो आगो लगाएर आत्महत्या गरेको घटना बाहिर आएको थियो। थारु संघ संस्थाले सिर्जनाको ‘हत्या’ भएको आरोप लगाएको छ। उनीहरुले छानवीन र दोषीलाई कारवाहीको माग गर्दै मंगलबार र बुधबार पश्चिम तराइ बन्दको आह्वान गरेका छन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बन्द आयोजना गरिएको संघर्ष समितिका संयोजक थारु कल्याणकारिणीसभाका अध्यक्ष तेजमान चौधरीले बताएका छन् । बन्दले ती जिल्लाहरुको जनजीवन प्रभावित भएको छ।

Leave a Reply

Your email address will not be published.