दाङ- ललितपुर बस्दै आएकी दाङको लालमटिया- ८ की १२ बर्षीया कमलरी सिर्जना चौधरीको मृत्यु रहस्मय रहेको भन्दै छानवीनको माग गर्दै थारु संघ संस्थाले पश्चिम तराई बन्द गराएको छ। चाकुपाटस्थित ईञ्जिनियर युवराज पौडेलको डेरामा बस्दै आएकी सिर्जनाको चैत १४ गते दिउँसो आगो लगाएर आत्महत्या गरेको घटना बाहिर आएको थियो। थारु संघ संस्थाले सिर्जनाको ‘हत्या’ भएको आरोप लगाएको छ। उनीहरुले छानवीन र दोषीलाई कारवाहीको माग गर्दै मंगलबार र बुधबार पश्चिम तराइ बन्दको आह्वान गरेका छन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बन्द आयोजना गरिएको संघर्ष समितिका संयोजक थारु कल्याणकारिणीसभाका अध्यक्ष तेजमान चौधरीले बताएका छन् । बन्दले ती जिल्लाहरुको जनजीवन प्रभावित भएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर