बागमती नदीमा डुबेर तीन जनाको मृत्यु

गौर- बागमती नदीमा डुबेर आज तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वसतपुर गाविसका मुरारी झाको १४ वर्षीय छोरा कृष्ण , सुशील झाको १५ वर्षीय छोरा दीपक र सुवोध झाको १४ वर्षीय छोरा रितेश रहेका छन्। नववर्षको उपलक्ष्यमा बागमती नदीमा नुहाउने क्रममा ती तीनैजना डुबेका थिए। उपचारको क्रममा तीनै जनाको गौर अस्पतालमा मृत्यु भएको पीडित परिवारले बताएका छन्। नदीमा डुबेर मृत्यु भएको अवस्थामा शवहरू गौर अस्पतालमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.