भुइह्यारको पुनःस्थापना हुँदै

 

सन्तोष दहित, दाङ- जति बेला देशमा ससस्त्र द्धन्द सुरु भयो त्यति बेला थारु समुदायको परम्परागत भुइह्यार संकटमा पर्न गयो। पछिल्लो चरणमा थारु समुदायको भुइह्यार संकटमा थारुवान डटकम लगायत विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि अहिले संकटमा परेको देउठन्वा तथा भुइह्यार निर्माणको लागि राज्यले पनि सहयोग गर्ने भएको छ। अहिले थारु समुदाय वसोवास गरिरहेको दाङका सवै गाविसमा भुइह्यार निर्माणको लागि वजेट छुत्याएको स्थानिय महटवाहरुले जानकारी दिएकाछन। त्यसैगरि थारु समुदायको अगुवाहरु तथा महटवाहरु पनि आफ्नो परम्परागत भुइह्यारको लागि संगठित हुदैछन। भुइह्यार पुनस्थापना तथा निर्माणको लागि अहिल दाङ, वाँके, वर्दिया, कैलाली तथा कञ्चनपुरका महटवा तथा वरघर, भलमन्साहरु एकीकृतभएकाछन्। उनिहरु गाँउ गाँउ वडा वडा तथा जिल्ला जिल्लामा महटवा वरघर भल्मन्सा महासंघ विस्तार गरिनुको साथै भुइह्यारको पुनस्थापनमा लागिपरेकाछन्। अहिले थारु गाउ गाँउमा अइलानी जग्गा रोकेर भुइह्यारको शिलान्यास गरेकाछन भने कतिपय ठाँउमा पक्की भवन वनाउदै पुनस्थापना भइसकेको महटावा महासंघ दाङ अध्यक्ष चन्द्र प्रसाद चौधरीले जानकारीदिनुभयो। उहाका अनुसार नारायणपुर गाविसमा भुइह्यार स्थापनाको लागि एक वडामा पच्चिस हजारको दरले गाविसवाट ३/४ ठाउका लागि निकासा गरिसकेको चौधरीले जानकारी दिनुभयो। प्रत्येक वर्ष २ देखि ३ वडा सम्म भुइह्यार निर्माणको लागि गाविसवाट वजेट छुत्याउने सहमति पनि भएको चौधरीले वताउनुभयो। यसैगरि अन्य गाविसमा पनि गाविसवाट भुइह्यारको लागि वजेट निकासा भइरहेको उहाले जानकारीदिनुभयो। तुलसीपुर नगरपालिकाले पनि पचहत्तर हजार वजेट छुत्याएको उहाले जानकारीदिनुएको छ। vuhyar
भुइह्यार निर्माण तथा पुनस्थापनको लागि अहिले थारु महटवा वरघर भलमन्सा महासंघकाले व्यापक आवाज उठाउदै आएको महासंघका केन्द्रिय अध्यक्ष डिल्लीवहादुर चौधरीले जानकारी दिनुभयो। मिडियाहरुले पनि थारु समुदायको भुइह्यार संकट परेको समाचार संप्रेशन गरेपछि थारु महटवाहरु आज संगठित हुनलागेको चौधरीले बताए । उहाले भन्नुभयो थारु समुदायमा भुइह्यार मात्र नभएर थारु समुदायको धेरै मौलिक सस्कृति पनि लोप भइरहेको चौधरीले भने। त्यसको लागि पनि महटवा, बरघर, भल्भन्साहरुले आवाज उठाउन लागेको उहाले भन्नुभयो। थारु समुदायको मुख्य पहिचान भनेको देउठनवा तथा भुइह्यार हो यस्को पुनस्थापनाको लागि अहिले गाँउ गाँउमा अभियान समेत चलाएको चौधरीलेे वताउनुभयो। भर्खरै तुलसीपुर नगरपालिका जवरपुर गाँउमा भुइहयारको सिलान्यास गरेको जानकारी दिनुभयो। भुइह्यार पुनस्थापनको लागि सवैले सहयोग गर्नुपर्ने उहाले सवैलाई आग्रह गर्नुभयो।
भुइह्यारमा थारु मात्र नभएर सवै समुदायले पूजा आजागर्दै आएका वताउदै थारु वुद्धिजीवि चुर्णवहादुर चौधरीले भने। त्यसैले भुइह्यारको पुनस्थापनाको संगसगै संरक्षण पनि सवै समुदायले गर्नुपर्ने चौधरीको भनाइथियो । थारु समुदयामा वर्षको एक चोटीमात्र पुजा आजा नगर्नै हो भने थारु समुदायमो ठुला रोग व्याधी लाग्ने गरेको थारु चौधरीले भन्नुभयो। त्यसैगरि थारु समुदायले भुइह्यारमा वर्षको ५/६ वटा पूजाआजा गर्दै आएकोछन्। जस्तै हार्‍या गुरै, धुहर्‍या गुरै, ढोहरी गुरै, खेन्वा वहन्ना गुरै) लगायत पूजा गर्ने चलन छ। त्यसैगरी गाँउमा विहे गर्दा जन्ति जाने वेला दुलहीको घर जानु अगाडी र जन्ती फर्केर घरमा पस्नु अगाडी अनिवार्य रुपमा भुइह्यार अर्थात देउठन्वा घुम्नुपर्ने, दर्शन गर्नुपर्ने चलनरहेको छ।

Leave a Reply

Your email address will not be published.