‘गङनम स्टाइल’पछि ‘जेन्टलम्यान’

PSYसोल,  (रोयटर्स)– दक्षिण कोरियाली गायक साईले शनिबार सोल सहरमा एक भरिभराउक कन्सर्टमार्फत् नयाँ गीत ‘जेन्टलम्यान’ सार्वजनिक गरेका छन्। उनको अघिल्लो ‘गङनम स्टाइल’लाई उछिन्ने अनुमान गरिएको यो गीत अनलाइनमार्फत् एक लाख ६० हजार दर्शकले प्रत्यक्ष हेरेका थिए।  डेढ अर्ब चोटि हेरिएको ‘गङनम स्टाइल’ अहिलेसम्म नै युट्युबमा सर्वाधिक लोकप्रिय भिडियो हो। उक्त गीतमा संसारका ठूल्ठूला सेलिब्रिटीहरुले कम्मर हल्लाइसकेका छन्, संयुक्त राष्ट्रसंघका महासचिव बान कि–मुनले समेत।

नयाँ गीत ‘जेन्टलम्यान’माथि दर्शकस्रोताले बढी अपेक्षा लिने सम्भावनाप्रति ३५ वर्षीय साई सचेत छन्। ‘विगतमा भन्दा आज म भारी महसुस गर्दैछु किनभने धेरै दर्शकले हेर्दैछन्,’ उनले कन्सर्टअघि भने, ‘गङनम स्टाइल रुचाउनेहरुप्रति धन्यवाद दिनु पनि आजको कन्सर्टको उद्देश्य हो।’

साईको कन्सर्ट हेर्न चाहने दर्शकले सोलको विश्वकप रंगशालाका ५० हजार सिट पूरै भरिएको थियो। कन्सर्टलाई इन्टरनेटमा पनि प्रत्यक्ष प्रसारण गरिएको थियो। साई आफ्नो ट्रेडमार्क गेटअप कालो चश्मा र थरीथरी ज्याकेटमा प्रस्तुत भएका थिए। साईको अनुरोधमा दर्शकहरुले कन्सर्टमा सेतो पहिरनमा उपस्थिति जनाए।

शुक्रबार मध्यरातमा युट्युबमा रिलिज गरिएको ‘जेन्टलम्यान’लाई कन्सर्ट सुरु हुनुअघि १२ लाखले हेरिसकेका थिए। एप्पल आईट्युन्स स्टोर चार्टको ९० औं नम्बरमा थियो यो।

Leave a Reply

Your email address will not be published.