राप्तीपारीका बिरामीले अब एम्बुलेन्स चढ्न पाउने

बाँके- स्वास्थ्य सेवाबाट प्रभावित बाँकेको राप्तीपारीका जनता अब सहज तरिकाले स्वास्थ्य सेवा पाउने भएका छन्। नेपाल हेल्प लाइन फाउन्डेसनले एम्बुलेन्स सेवा बिहीबारबाट सुरु गरेको हो। एम्बुलेन्स सेवाको उद्घाटन गर्न हिजो यहाँ आयोजित कार्यक्रममा संस्थाका संरक्षक बदरुद्दीन खानले एम्बुलेन्स सेवा व्यापारमुखी नभई सेवामुखी हुने बताए। एम्बुलेन्सको उद्घाटन गर्दै मेडिकल कलेजकी डाक्टर सहिन प्रवीनले अहिलेसम्म सञ्चालनमा रहेको एम्बुलेन्स सहरमुखी रहेकाले यो एम्बुलेन्सलाई गाउँमुखी बनाउन जरुरी छ भने।
भेरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष होमनाथ सुवेदीले जनताको सेवामा समर्पित हुन सकेमात्र सेवा प्रभावकारी हुने बताए। संस्थाका अध्यक्ष मुस्लिम खानले रकम तिर्न नसक्ने गरिब बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवाका साथै उपचारमा समेत सहयोग गर्ने बताए।
संस्थाका सहसचिव सहबुद्दिन खानले अब ग्रामीण क्षेत्रका जनतालाई अकालमा ज्यान गुमाउनु नपर्ने भन्दै एम्बुलेन्स सेवा सस्तो र प्रभावकारी हुने जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.