‘अनिजले सबैको भावना समेट्नुपर्छ’

रुपन्देही- अनिज पत्रकार संघ रुपन्देहीको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई पद हस्तान्तरण गरिएको छ। संघका निवर्तमान अध्यक्ष भीम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिलन गाहासहित सबै कार्यसमिति सदस्यलाई पद हस्तान्तरण गर्दै आदीवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष होम बहादुर गलामीले अनिज एउटा एकल जातीय संस्था नभइ बहुजातीय संस्था भएकले सबैका भावना समेटेर अघि बढ्नुपर्ने बताए। अनिजका निवर्तमान अध्यक्ष भीम गुरुङले अनिजका अगाडि विभिन्न चुनौति रहेको उल्लेख गर्दै सम्पूर्ण आदिवाशीको हितमा बोलेरमात्र नभइ काम गरेर देखाउनुपर्नेमा जोड दिए।

नवनिर्वाचित अध्यक्ष मिलन गाहाले पदको हिसाबले नभइ भूमिकाको हिसाबले अनिजमा आबद्ध सबै सदस्यले सहयोग गर्नुपर्ने बताए। उनले अनिजले विगतमा गरेका कामको सिको गर्दै आगामी दिनमा पनि सकारात्मक कार्यका लागि अनिज सदैव अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published.