काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव (निफ)को सातौं संस्करण आउँदो वैशाख १२ देखि १५ सम्म काठमाडौंका राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने भएको छ। इन्डिजिनियस फिल्म अर्काइभको आयोजनामा हुन लागेको महोत्सवको नारा ‘आमसञ्चारमा अदिवासीको समान पहुँच र सहभागिता’ रहेको छ। सातौं निफमा सहभागी हुनलाई नेपाल सहित २१ देशका छोटा/लामा फिल्म, डकुमेन्ट्री, एनिमेसन र म्युजिक भिडियो प्राप्त भएको छ। नेपालबाट २५ र विदेशबाट ६८ गरी ९३ वटा फिल्म छनोट चरणमा आइपुगेको छ। यी फिल्मबाट छानिएकाहरु महोत्सवमा प्रदर्शन गरिनेछ।
नेपालबाट मगर, धिमाल, नेवार, गुरुङ, तामाङ, राई, लिम्बु, कुलुङ जस्ता समुदायका फिल्मको आवेदन परेको महोत्सव निर्देशक राम मादेनले बताए। आदिवासी फिल्मकर्मीले निर्माण गरेका गैरआदिवासी विषयका फिल्मलाई पनि महोत्सवमा सहभागी गराइएको छ। महोत्सवको दौरान हस्तकला, पुस्तक र खाना प्रदर्शनी गरिनुका साथै विभिन्न विषयमा स्वदेशी तथा विदेशी फिल्मकर्मीको सहभागितामा अन्तर्क्रिया पनि चलाइनेछ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर