परासीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २० जना घाइते

परासी-पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको माकर- ४ दाउन्नेमा आज बिहान बस पल्टिँदा एक बालिकासहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा सवार २० जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३ख ३६७८ नम्बरको बस पल्टिँदा बसमा सवार सर्लाही सल्यानपुर- १ की १ वर्षीया मन्सी यादव र रौतहट कुडिया- ६ का १८ वर्षीय रुपन बैडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पाँच जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । दुर्घटनाग्रत बसका चालक सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.