थाकसको १४औं जिल्ला अधिवेशन शनिबार

Thakasaदाङ- थारु कल्याणकारिणी सभा दाङको १४औं जिल्ला अधिवेशन चैत २४ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने भएको छ। शुक्रबार थारु कल्याणकारिणी सभा दाङका सभापति चन्द्रप्रसाद चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै सभाको १४औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। विज्ञप्तीमा दाङका सम्पूर्ण थारु बुद्धिजीवी, थारु विद्यार्थी, थारु शिक्षक, विभिन्न पार्टीका भातृसंगठनाका थारु अगुवा, नेता, मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजमा तथा सरोकारवालालाई भोलि (शनिबार) ११ बजे कर्मचारी मिलनकेन्द्र सहभागी भइदिन अपिल गरेको छ।

थारु कल्याण कारिणीसभा नेपालको पुरानो संस्था मानिन्छ। २००५ सालमा स्थापना भएको थाकस थारु समुदायको हक अधिकारका लागि वकालत गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published.