कमलरी हत्याका दोषीलाई कारबाही गर्न जिल्ला प्रशासनमा ज्ञापन पत्र

दाङ- कमलरी सृजना चौधरीको हत्याको घटनाको निष्पक्ष छानबिन र दोषीलाई यथासिघ्र कानुनी दायारामा ल्याउनको लागि दाङका दुइदर्जन बढी थारु संघसस्थाका अगुवाले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा सृजना चौधरीको हत्याको दोषी इन्जिनियर युवराज पौडेललाई तुरुन्त कारबाही गर, सृजना चौधरीलाई जबरजस्ती बाल श्रम र मानव बेचबिखन विपरित कमलरी बस्न पठाउने पार्वती गिरी र लालमणी शर्मालाई ३ दिनभित्र पक्राउ गर, बालश्रम ऐन २०५६ र मानव बेचबिख तथा ओसार पसार निन्यत्रण एन २०६४ कडाइपूर्वक लागू गर, लगातार हुँदै आएको बाल हत्या तथा महिला हिंसा बन्द गरलगायत माग गरिएको छ। 
तीन दिनभित्र यी माग पूरा नभए कडारुपमा थप आन्दोलन घोषना गर्ने दाङका दुई दर्जन थारु अगुवाले सहायक जिल्ला अधिकारीलाई चेतावानी दिए। ज्ञापन पत्र बुझ्दै सहायक सिडिओले यसको लागि मन्त्रिपरिषद् अध्यक्षसम्म छलफल भइरहेका जानकारी दिँदै काबाहीको लागि तत्काल प्रक्रिया अगाडि बढाउने बताए।
चैत १४ गते ललितपुर चाकुपाटस्थित इन्जिनियर युवराज पौडेलको डेरामा लालमटिया गाविस ८ निवासी १२ वर्षीया कमलरी सृजना चौधरीको आगोमा जलेर मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published.