भरत खवास दोस्रोपटक उत्कृष्ट फर्वाड

Bharat Khawasराजधानीको दशरथ रंगशालामा जारी लिग सोमबारबाट सकिएको छ। अन्तिम खेलमा खेल अगावै विजेता बनिसकेका थ्रीस्टारलाई आर्मीले २ विरुद्ध ३ गोलले पराजित गर्‍यो। आर्मीका लागि अन्तिम समयमा निर्णायक गोल भरत खवासले गरे। भरतको गोलसँगै आर्मी लिगको तेस्रो स्थान पाउन सफल भयो। दोस्रो भने मनाङ यसअघि नै भइसकेको थियो।

लिगमा फर्वाडतर्फको विजेता समेत भरत खवास भए। लिगमा १२ गोल गरेका भरतले उत्कृष्ट फर्वाडको विजेतासँगै मोटरसाइकल उपहार पारे। उनीसँगै बेस्ट किपरमा किरण चेम्जोङ, रक्षकमा विराज महर्जन, मिडफिल्डमा जगजीत श्रेष्ठ, प्रशिक्षकमा थ्रीस्टारका प्रदीप हुमागाइँ विजेता बने। उनीहरु सबैले मोटरसाइकल उपहार पाए।

२२ वर्षीय भरत खवासले खगातार दोस्रो पटक उत्कृष्ट फर्वाड भएकोमा खुसी देखिन्थे। ‘लगातार दोस्रो वर्ष उत्कृष्ट फरवार्ड भएँ, यो मेरो लागि अर्को अविस्मरणीय दिन भयो,’ उनले भने, ‘गर्व महसुस भइरहेछ। मेरो टिम र समर्थक सबैलाई धन्यवाद दिन्छु।’ उनले आर्मीलाई तेस्रो बनाउन विजयी गोल गर्दा खुसी ब्यक्त गरे। ‘हामीले लिगमा योभन्दा राम्रो गर्न सक्थ्यौं। केही नतिजा बिग्रिए,’ उनले भने, ‘यद्यपि हाम्रा लागि यो चित्तबुझ्दो स्थान हो।’ उनले आरसिटीका अमर डंगोल, थ्री स्टारका सन्तोष साहुखल र मनाङका अनिल गुरुङ यो विधामा दाबेदार भएको बताए।

लिग समापनसँगै विजेता थ्रीस्टारले ७५ लाख, मनाङले ३५ लाख, आर्मीले १५ लाख, फ्रेन्ड्सले ७ लाख, एनआरटी र मछिन्द्रले एक लाख पचार हजार, र पुलिस, आरसिटीले एक लाख पाए। अनुसाशानमा खेलेको भन्दै मछिन्द्रले थप एक लाख हात पार्‍यो।

Leave a Reply

Your email address will not be published.