थारु समुदायमा जडिबुटीबारे सचेतना

बर्दिया- थारु समुदायमा जडिबुटी संरक्षणबारे सचेतना जगाउने उद्देश्यले जिल्लास्तरीय अन्तर्क्रिया गोष्ठी सम्पन्न भएको छ। गुलरियामा आयोजित बर्दिया जिल्लाभरीका वैडावाको सहभागिता रहेको सम्मेलनमा सरोकारवाला, प्रशासन, जिल्ला विकास समिति, नगरपालिका, कृषि कार्यालयलागयतका अन्य व्यक्तिले वैडावा तथा गुरुवामा रहेको जडिबुटीको ज्ञान र त्यसको संरक्षणको निम्ति सहयोग गर्ने ऐक्यबद्धता जनाएका छन्। 
थारु वैडावा र गुरुवाको ज्ञानको अभ्यासमा लागेको बताउँदै वैडावा मोतीपुर गाविसका रजमान चौधरीले जडिबुटीबारे बताए। थारु वैडावाहरु पुर्खादेखि आफ्नो संस्कृतिको संरक्षण र निःशुल्क औषधि उपचार गरिरहेका तर आफ्नो ज्ञानको मूल्याङ्कन नभएको तर एलोपेथिक औषधिले मात्र मान्यता पाएको गुनासो छ।
थारु वैडावा गुरुवाहरु झारफुक गर्ने र जडीबुटी औषधिबाट धेरै रोगको उपचारसमेत गरी जनतालाई सहयोग गरेको गोपाल दहितले बताए। रासस

Leave a Reply

Your email address will not be published.