नवनीत मिस इन्डिया

navneetkaurdhillonपटियालाकी २० वर्षीया नवनीत कौर ढिल्लन मिस इन्डिया २०१३ भएकी छिन्। उनले अब विश्व सुन्दरी प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन्। निर्देशक करण जोहर, अभिनेता जोन अब्राहम, अभिनेत्री असिन, कोरियोग्राफर श्यामक डाबर, क्रिकेटर युवराज सिंहसहितको निर्णायक टोलीले भारतीय सुन्दरी चयन गरेका हुन्। सहभागीलाई अन्त्यमा भोलि तपार्इंको जीवन समाप्त भयो भने तपाईंलाई सबैभन्दा पछुतो के हुन्छ भनेर सोधिएको थियो। समारोहमा बलिउड अभिनेत्री ऐश्वर्या राय, प्रियंका चोपडा र गायक सोनु निगमले आफ्ना प्रस्तुति दिएका थिए।

Leave a Reply

Your email address will not be published.