एमाओवादीका थारु नेताद्वारा पाँच बुँदे माग

ucpn moist flagकाठमाडौं– एकीकृत माओवादीका थारू नेताहरूले केन्द्रीय समितिमा आफूहरूको पनि समान सहभागिता हुनुपर्ने भन्दै पाँच बुँदे माग अघि सारेका छन्। आफ्ना माग पूरा नगरे आउँदो १७ गते हुने केन्द्रीय समिति बैठक बहिष्कार गर्ने एमाओवादी नेतृ रामकुमारी चौधरीले बताइन्। ‘पार्टीले थारू नेताहरूलाई बाइपास गर्न खोज्दैछ,’ थारू राष्ट्रिय मुक्ति मोर्चाका सचिवसमेत रहेका रामकुमारीले भनिन्, ‘हामी केन्द्रीय सदस्यमा समावेशी खोजका हौं।
पार्टीभित्रका थारू नेताहरूले एक जना पोलिटब्युरो सदस्य, पाँच जना केन्द्रीय सदस्य र १५ जना वैकल्पिक केन्द्रीय सदस्य हुनुपर्ने माग राखेका छन्। त्यस्तै राज्य पुनःसंरचनाअन्तर्गत तराईमा कम्तिमा पनि तीन प्रदेश हुनुपर्ने, तराईको थारू बाहुल्य जिल्लामा पार्टी नेतृत्व थारू नेतालाई नै दिनुपर्ने, तराईबारे कुनै महत्वपूर्ण निर्णग गर्दा थारू नेताहरूको सहमतिअनुसार गर्नुपर्ने र पार्टीको दस्तावेजबाट मधेस प्रदेश शब्द हटाउनुपर्ने माग उल्लेख छ।

एमाओवादीको सातौं महाधिवेशनमा केन्द्रीय समितिको प्रस्तावित ३ सय ९९ सय जनामध्ये ९९ जना केन्द्रीय सदस्य चयन गरेको थियो। पार्टीले केन्द्रीय समितिमा १ सय ५१ जना राख्ने र बाँकीलाई वैकल्पिकमा राख्ने निर्णय यसअघि नै गरिसकेको छ। सातौं महाधिवेशनले बर्दियाका एकमात्र रामचरन चौधरीलाई केन्द्रीय सदस्यमा चुनेको थियो।

Leave a Reply

Your email address will not be published.