माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

pradeep_airyकाठमाडौं- प्रदीप ऐरीको ५९ र शरद भेसावकरको अविजित ३६ रनसँगै नेपालले त्रिविवि क्रिकेट मैदानमा आजदेखि सुरु एसिसी ट्वान्टी-२० को पहिलो खेलमा माल्दिभ्सलाई ७६ रनले पराजित गरेको छ। टस हारी ब्याटिङका लागि निम्त्याइएको नेपाली टोलीले ५ ओभरको क्षतिमा १७१ रन बनाएको थियो।
नेपालको ट्वान्टी २० मा यो दोस्रो उच्च स्कोर हो। सन् २०११ मा त्रिवि क्रिकेटको यही मैदानमा नेपालले साउदी अरेबियाविरुद्ध ५ विकेट गुमाइ बनाएको १८३ रन नेपालको अहिलेसम्मको उच्च स्कोर हो। सो खेलमा महबुब आलमले नेपालको व्यक्तिगत उच्च स्कोर ८८ रन बनाएका थिए।
शरद भेषावकर १८ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३६ र मञ्जित श्रेष्ठ १६ बलमा २ चौका प्रहार गरी २० रनमा अविजित रहे।सुवास खकुरेलले २६ र विनोद भण्डारीले १५ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्सलाई कसिलो बलिङ गरी नेपाली टोलीले आच्छुआच्छु बनाए। दुई महत्त्वपूर्ण विकेटसहित कप्तान पारस खड्का सबैभन्दा सफल देखिए। बसन्त र सन्जम रेग्मीद्वयले एक एक विकेट लिए भने शक्ति गौचन र मन्जित श्रेष्ठको नाममा पनि एक एक विकेट रह्यो।
आठौँ नम्बरमा रहेका माल्दिभियन ब्याटसम्यानले सर्वाधिक २० रन बनाए। तर त्यतिन्जेल नेपालले माल्दिभ्सको स्थिति कमजोर बनाइसकेको थियो। नेपालले भोलि अर्को खेल हङकङसँग खेल्दैछ।

Leave a Reply

Your email address will not be published.