बलिउडका दुई अभिनेता शाहरूख र सलमान खानले आफ्ना आउँदा फिल्ममा प्रियंका चोपडालाई लिनेछैनन्। तै पनि आफू अझै पनि यी दुई खानसँग नजिक छु भन्ने देखाउन प्रियंकाले भने हरेक पटक शाहरूख र सलमानको नाम लिने गरेकी छिन्। प्रियंकाले सुटिङका क्रममा नयाँ कलाकारले गलत काम गरेमा शाहरूख खानलाई भन्दिन्छु भनेर धम्क्याउने गरेकी छिन्।
केही दिनअघिमात्र एक नयाँ कलाकारले आफूलाई सम्मान नगरेपछि प्रियंकाले ती नयाँ कलाकारलाई वरिष्ठ कलाकारलाई सम्मान गर्न सुझाव दिँदै उसको व्यवहार शाहरूखलाई सुनाइदिने चेतावनी दिएकी थिइन्। त्यसपछि ती नयाँ कलाकारले प्रियंकालाई आदर गर्न थालेका थिए। प्रियंकाले कुनै ठाउँमा शाहरूखको नाम लिँदा काम बनेन भने सलमानको नाम पनि लिने गरेकी छिन्।
केही अघिसम्म शाहरूख र प्रियंका नजिक थिए। यी दुईबीचको सम्बन्धले शाहरूख पत्नी गौरी पनि दिक्क थिइन्। तर, पछिल्लो समय यी दुईको सम्बन्ध त्यति नजिक छैन। तर, पनि प्रियंकाले भने आफूलाई फाइदा हुने ठाउँमा आफू शाहरूख र सलमान दुवैसँग नजिक छु भनिरहेकी छिन्।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर