‘बाह्र हजार कमलरीको उद्दार गरेँ’

मानबहादुर क्षेत्री
मानबहादुर क्षेत्री

एक दशकदेखि थारु समुदायमा रहेर द्धन्दकाल देखि कमलरी क्षेत्रमा काम गर्दै आएका एफएनसीका क्षेत्रीय प्रबन्धक मानबहादुर क्षेत्रीसँग कमलरी क्षेत्रमा काम गर्दा दुःख सुखको अनुवभवबारे थारुवान डटकमका लागि सन्तोष दहितको अन्तर्वार्ता।
हालसम्म कम्लरी क्षेत्रमा काम गर्दा कस्तो अनुभव भयो?
दश बर्ष अगाडी कमलरी मुक्तिकालागी यो क्षेत्रमा प्रवेश गर्दा मेरालागी कमलरी शब्द र कमलरी को सवाल नौलो थियो। तर बालवालिकाहरुको हकअधिकारकालागी काम गर्ने संकल्प बोकेर समाज सेवाकालागी यो क्षेत्रमा प्रबेशगरी सकेपछि पछिहट्ने कुरै थिएन्, कमलरी मुक्तीकालगी मेरो पहिलो कर्म थलो बन्यो दाडं जिल्ला। त्यति बेला देश द्वन्द बढिरहेको अवस्था थियो, दाड जिल्लामा  मैले जब यो कार्यक्रमा प्रवेश गरेको थिए, त्यति बेला देखिनै मुक्तकमलरी बहिनीहरुलाई भन्ने गर्ने म बस्ने कुर्सिमा भोली तपाईहरु बसेर यो अभियान चलाउनु पर्छ, आज साच्चैनै मुक्तकमलरी अभियान मुक्तकमरीहरु ले नै सम्पुर्ण कमलरी दासता अन्त्यकालागी अगुवाई गरेर अभियान संचालन गरिरहेका छन्, आफ्नै संस्था मुक्तकमलरी विकाश मञ्च खोलेका छन् , आफ्नै सहकारी छ, शिक्षा, सहकारी र रोजगारी संगसंगै लिएर आर्थिकरुपमा सबल भैरहेका छन्। सबै भन्दा बढि शिक्षाको क्षेत्रमा छन्। लगभग ८ हजारको हाराहारीमा बिद्यालय र क्यम्पसहरुमा अध्ययनरत छन, त्यस पछि प्राविधिक शिक्षामा, शीप विकाश, सहकारी, रोजकागी र सोरोजगारीमा संलग्न भैरहेका छन्।
राज्य पक्षबाट कस्तो सहयोग पाउनभएको छ?
पक्कै पनि अहिले मुक्त कमलरीहरुको लागि राज्यले पनि शिक्षा,शीप  विकाश र आवाशीय शिक्षाकालागी बजेट को ब्यबस्थागरेको छ, निर्देशिका पनि जारी गरेको छ। पहिलाको भन्दा केहि हदसम्म भएको छ। तर साथै, राज्यको कमलरी जस्ता कुप्रथा अन्त्यकालगी बनेका ऐनकानून पुर्णरुपले कार्यान्वयन गर्न नसकेकाले कमलरी राख्नेलाई कानूनी सजाए पनि दिलाउन नसकेकाले अम्कै लुकाई छिपाई कमलरी रख्ने गरेको पाईन्छ । तर हिजोका दिन मा कमलरी राखेर समाजमा सम्मानित ब्यक्तिकारुपमा ठूलो मान्छे ठान्नेहरु आज कमलरी राखेर अपमानित भईन्छ भन्नेडरले कमलरी राख्ने मालिकहरु घरमा मान्छे आए लुकाउन गरेको देखिन्छ, सार्बजनिक ठाउ होटलहरुमा, घर घरमा, पसल पसलमा ५ बर्ष देखि १० बर्षका थारु वालिकाहरु दासतापुर्ण जिवन विताई रहेका देखिन्थे तर आज कमलरीकारुपमा १४ बर्ष मूनी केटीहरु बिरलै भेटिन्छ, कसैले कमलरी राखे पनि डराई डराई लुकाई छिपाई राख्ने गरेको पाईन्छ।
कम्लरी प्रथा उन्मुलनका को कस्को सहभागिता रहेको थियो?
 कम्लरी प्रथा उन्मूलन गर्न एफ.एन.सी.को एक्लो प्रयास मात्र रहेन, यो अभियानमा जिल्ला वालकल्याण समिति, स्थानीय संघ संस्था, सरकारी निकाय र क्लबहरुको सक्रियता सहभागिता  बढ्रदै गयो। समय समयमा मलाई जोख्खिम पुर्ण कम्लरी फर्काउने, मुद्दा हाल्ने कार्य रोक्न कर्मचारी ,स्वयं सेवक स्वयं दबाब, धम्कि को सामना गर्दै कमलरी मुक्त गर्ने अभियानमा निरन्तरता दिइरहे। कम्लरी उन्मूलन कार्यक्रम बढि प्रभावकारी बनाउन, दाड. थारु एब. गैरथारुयुवाहरुको प्रयास बाट संचालीत  स्थानीय संस्थाको रुपमा क्रियाशील  स्वान संस्थालाई यो अभियानमा संलग्न भएको थियो।
अहिले सम्म कति कमलरी उद्धार भएका छन्?
फलस्वरुप हाल सम्म १२ हजार भन्दा बढि कमलरी मुक्त भै बिद्यालय जाने अवसर, रोजगार को अवसर, स्वरोजगारको अवसर पनि पाईरहेका छन्। देश बिदेशमा चिन्ने र चिनाउने अवसर पाईरहेका छन्।
अहिले कम्लरी क्षेत्रमा काम गरिरहदा कम्लरीहरुको अभिभावक बाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?
सुरु सुरुमा त अभिभावकहरुले एफएनसी एति लामो समय सम्म सहयोग गर्छ भनेर, कमलरी काम बाट फर्काउन मान्ने गरेका थिएनन् विस्तारै बुम्क्दै गए पछि अभिभावकहरुले पनि साथ दिए, कमलरी पठाउने लाई अभिभावकहरु ले नपाउन सल्लाह दिन थाले, कमलरी बस्दा छारोहरु ले पाएको पिडा एक आपसमा सुनाउन थाले, सबै अभिभावकहरु यो दासतालाई निमूृलपार्नु पर्छ भन्नेमा एक मत भए र कमलरी पठाउने चलन बर्षै पिच्छे कमहुदै गयो। विस्तारै, मुक्तकमलरी बहिनीहरु पनि माथिल्लो कक्षामा पुग्न थाले अभिभावकहरुलाई सम्म्काउन बुम्काउन थाले, अभिभावकहरुमा एफएनसी प्रति विश्वा बढ्न थाल्यो। कललरी उन्मूलन कार्यक्रम लाकप्रिय बन्दै गयो, अभिभाबकहरु अफै मालिकको घर बाट छोरीहरुलाई कमलरी काम बाट छुटाएर ल्याउन थाले, कमलरी प्रथा उन्मूलन समिति गठन गरे, शोषण परेकाहरुको हक अधिकारकालागी हातेमालो गर्न थाले, फलस्वरुप कमलरी प्रथा अन्त्यको संघारमा आईपुगेका छ। आज भोली त, छोरीहरु कलेजमा पढ्न पाएको देखरे दंग छन्, त्यति मात्रे होइन् प्रविधिक शिक्षा लिएर जेटिए, अनमी, सभ ओभरसियर भएर काम गरेको देख्दा अति खुसि भएका छन्। साथै, मुक्तकमलरीहरु ले खोलेका सहकारी बाट सहुलियत दरमा कर्जा लिएर ब्यबसाय गर्न पाउदा म्कन खुसि छन्। ढीलोगरी फर्काउने अभिभावक गल्ति गरेको पछुतो पनि गरिरहेको पाईन्छ। अपबाद बाहेक सबै अभिभावक छोरीहरु प्रगती देखेर गर्व मसूस गरिरहेका छन्। कल्पना सम्म गर्न नसकेको ठाउहरुको भ्रमण, विश्वका उच्चस्तरका ब्यक्तिहरु सितको भेटघाटको अवसर ले अभिभावकहरुको दिन प्रतिदिन खुसि छाउदै गएको, कार्यक्रमलाई सहयोग बढ्दै गएको छ।
पहिलाको भन्दा अहिले कम्लरीहरुको जिवनमा के फरक आएको छ। अर्थात के उपलब्धी भएको छ?
मुख्य उपब्धि भनेको, मुक्ति नै हो। हाल सम्म १२ हजार भन्दा बढि कमलरी मुक्त भैसकेका छन, यो झन्डै सर्बेबाट आएको तत्थ्यकंका आधारमा ९५ प्रतिसत मुक्त भैसकेका छन्।   त्यस्मा मुक्त भएको ९० प्रतिसत बहिनीहरुले विद्यालय जाने अवसर पाएका छन्। हाल ७ हजार भन्दाबढि बहिनीहरु विभिन्न विद्यालयमा अध्ययनरत छन् भने ३ सयको हाराहारीमा उच्च शिक्षा प्लस टु देखि डिप्लमा सम्म अध्ययन गर्ने छन्, त्यसैगरी ५सय भन्दा बढि ब्यबसायिक तालिम र प्राविधिक शिक्षा लिरहेका र लिसकेर रोजगार एबं स्वरोजगारमा लागीरहेकाछन्। हाल सम्म ३२ वटा सहकारी खोलेर २५० जना भन्दा बढिले ब्यबसाय गर्ने अवसर पाईसकेका छन्। आर्थिक स्थितिमा सुधार हुदै गईरहेको छ। गाउ देखि देश विदेश सम्म सम्मानित हुदै गईरहेका छन। कानूनी क्षेत्रमा, शिक्षा को क्षेत्रमा, आर्थिक क्षेत्रमा, सरकारी निकायहरुमा मुक्त कमलरीहरु बिस्तारै पहुच बढ्दै गइरहेको छ।
यो क्षेत्रमा काम गर्दा यहालाई लागेको चूनौति पुर्ण के छ?
आज कमलरी चलन को अन्त्य हुनलागेको अवस्थामा उद्धार भएको कमलरीहरुको पुनसर्थापनाका लागि संघर्ष गर्न परेको छ, यो आफैमा चुनौति पुर्ण पनि छ। मालिकहरुको अनावश्यक दवाब सहनु पर्ने, सरकारी निकायहरु बाट गैरकानूनीरुपमा कमलरी राख्ने र यौन शोषणगर्नेहरुमाथी कानुनी कारवाही नहुदा।
कमलरी क्षेत्रमा राम्रो काम गर्दा अन्तराष्ट्रिय परस्ककार पाउन भएको थियो रे कुन पुरस्कार होला?
कमलरी उन्मूलन अभियान सशक्त रुपमा अगाडी बढि रहेको थियो। सोही क्रममा मेर ३ वर्षको अवधिमा कमलरी उन्मूलनकार्यक्रमको कार्य प्रगती  लगातयत १५ बर्ष सम्मको समाजसेवाको उच्च मुल्याकंन र सम्मान गर्दै नायफ, एफएनसीले सन २००६ को असोका फेलोसिफ एवार्ड (Ashoka Fellowship Award)  को लागि मेरो नाम सिफारिस गर्‍यो। १ वर्षको छनौट प्रक्रिया पछि मैले जिवनमा कल्पना सम्म गर्न नसकेको सन २००६ को ग्लोवल असोका फेलोसिफ एवार्ड  (अन्तराष्ट्रिय पुरुस्कार )को लागि छनौट भए। २००७ जनवरी १८ मा  भारतको बेगलोर शहरमा ग्लोबल असोका फाउन्डेसन ले आयोजना गरेको एसिया इन्डकसन कार्यक्रममा असोका फलोसिफ एवार्ड बाट सम्मानित हुन पाउदा मैले आफुलाई ठूला भाग्यमानी ठाने, साथै समाज सेवाको लागि थपजिम्मेवारी थपिएको महसुस पनि भएको छ।
यो क्षेत्रमा काम गर्दा तपाइलाई दःखको क्षण ?
यो क्षेत्रमा काम गर्दा म एक चोटि धेरै निराश भएको थिए, जति बेला एफएनसी लेदाड.मा पहिलो पटक कमलरी मालिक बिरुद्ध मुद्दा दायर गरेको थियो, त्यसको केही दिन पछि मालिकले उल्टैमेरो नाममा कमलरी राखेको छ भने मुद्दा हालेको सुन्दा स्तब्ध भएको थिए यस्ले मलाई केहि दिन निरास बनाएको थियो।
यो क्षेत्रमा काम गर्दा तपाइलाई खुशिको क्षण ?
मुक्त कमलरी शिवा र दीप चौधरी एसएलसी पासभएको दिन, दाडं जिल्ला मुक्त कमलरी जिल्ला घोष्ण भएको दिन, उर्मिला जर्मन पुगेको दिन् र मुक्त कमलरी विकाश मंच खोलेर मन्जिता अध्यक्ष भएको दिन म सारै खुसि भएको दिन थियो।
अन्तमा  केहि भन्नु छ कि?
कमलरी मुक्त अभियानको अनुभव साट्ने अवसर दिनु भएको यो थारुवान डटकमलाई धेरै–धेरै धन्यवाद।

Leave a Reply

Your email address will not be published.