अनुष्का–आमिरको लामो किस

aamir-khan-anushka-sharmaबलिउडका ‘मिस्टर पर्फेक्ट’ आमिर खानले सिरियल किसरका रूपमा चर्चित इमरान हासमीलाई समेत मात ख्वाउने भएका छन्। फिल्म ‘दिल’मा त्यसबेलाकी हिट हिरोइन माधुरी दीक्षितलाई किस गरेका आमिरले छिट्टै रिलिज हुन लागेको फिल्म ‘पीके’मा निकै लामो किसिङ सिन दिएको बताइन्छ। हासमी सिरियल किसरका रूपमा चर्चित छन् भने आमिरले चाहिँ सबैभन्दा लामो किसको रेकर्ड नै आफ्नो नाउँमा लेखाउन सक्ने बताइन्छ। अहिलेकी जल्दीबल्दी हिरोइन अनुष्का शर्मासँग आमिरले गरेको लिपलक सिन बलिउडको इतिहासमा अहिलेसम्मकै सबैभन्दा लामो बताइन्छ। बलिउडमा निकै बोल्ड मानिने अनुष्काले समेत ‘पीके’मा बोल्ड सिन दिएका बेला आमिरले पनि मौकामा चौकामात्र होइन, छक्कै हानेको अनुमान फिल्मी पण्डितहरूले गरेका छन्। कसैले लिपलकको औचित्य सोधेमा रेडिमेड जवाफ त छँदै छ– कथाको डिमान्ड थियो भन्ने।

Leave a Reply

Your email address will not be published.