आर्थिक अभावका कारण चौधरी दम्पत्तिद्वारा आत्‍महत्या

सर्लाही- महोत्तरीको विर्तामा आर्थिक समस्या थेग्न नसकेर एक दम्पत्तिले आत्महत्या गरेका छन्। विर्ता-३ का २३ वर्षीय विन्देश्वर चौधरी र उनका २० वर्षीय श्रीमती रिन्कु चौधरीले आइतबार विष सेवन गरी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। दुवै जना आफ्नै कोठामा विष सेवन गरी आतम हत्या गरेको प्रहरीले जनाएको छ। अबेर राति खाना खाएर सँगै सुत्‍न गएका उनीहरुले गिलासमा विष घोलेर खाएको जनाइएको छ। आइतबर बिहान अबेरसम्म कोठा नखुलेपछि स्थानीरुले ढोका फोढ्दा दुवै जना भुँइमा मृत अवस्थामा फेला परेका थिए।
स्थानीयले दुवै जना अर्थिक समस्याका कारण आत्महत्या गरेको बताएका छन्। तर प्रहरीले कारण खुल्न नसकेको बताए। खेतमा प्रयोग गरिने किट्नासक औषधि उनीहरुले घोलेर सेवन गरेको प्रहरीले जनाएको छ। दुवै जनाबीच कुनै झगडा नभएकाले आर्थिक समस्यासँग आत्महत्याको घटना जोडिएको हुनसक्ने प्रहरीले जनाएको छ। दुई वर्षअघि विवाह गरेका उनीहरुको सन्तान जन्मिनसकेको थिएन।
घटना स्थलबाट अनुसन्धानका लागि प्रहरीले गिलास, कपडा नियन्त्रणमा लिएको छ। दुवै जनाको शव पोष्टमार्टमका लागि जलेश्वर ल्याइएको छ। घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.