‘कुकुर कन्डम लगाउँदैनन्’

condom-selinबलिउडमा मोडल/एक्ट्रेस शर्लिन चोपडा र विवादको सम्बन्ध नङ र मासुजस्तै मानिने गरेको छ। अनेकौँ निहुँ बनाएर सोसल साइटमा न्युड, सेमीन्युड तस्बिर अपलोड गरेकै भरमा चर्चाको चुलीमा चढेकी शर्लिनले अर्को हट अभियानमा सहभागिता जनाएकी छिन्। जनावरमाथि हुने अत्याचारविरुद्ध आवाज उठाउने संस्था पेटा (पिपुल्स फर दी इथिकल टि्रटमेन्ट अफ एनिमल्स) ले भारतमा जनचेतना जगाउन गरेको एक कार्यक्रममा उनी सहभागी भएकी हुन्। पेटाले भारतमा एनिमल बर्थ कन्ट्रोलबारे चलाएको जनचेतना अभियानमा कुकुरको परिवार नियोजन गर्न अनुरोध गरिएको थियो। भुस्याहा कुकुरको बढ्दो जनसंख्या नियन्त्रणका लागि परिवार नियोजन गर्न अनुरोध गरिएको अभियानको नारा थियो, ‘कुकुरको परिवार नियोजन गर्नुहोस्, कुकुरहरू कन्डम लगाउँदैनन्।’

Leave a Reply to WilliamBycle Cancel reply

Your email address will not be published.