ग्ल्यामरस ज्यानका लागि डान्स

Esha_Guptaफिल्म ‘जन्नत–२’बाट बलिउड पदार्पण गरेकी षोडशी ईशा गुप्ताको कर्भी बडी निकै ग्ल्यामरस छ। सात वर्षअघि मिस इन्डिया कन्टेस्टमा आफ्ना कर्भ राम्रैसँग देखाएकी उनका जम्माजम्मी तीन फिल्म प्रदर्शनमा आएका छन्। महेश भट्ट क्याम्पसँग तीन फिल्मका लागि अनुबन्ध गरेकी उनी आफ्ना ग्ल्यामरस कर्भ चुस्त–दुरुस्त राख्न शारीरिक व्यायाम गर्न वा जिममा भारी ड्रमबेल उचाल्न मन पराउँदिनन्। हालै उनले आफ्नो कर्भी बडी मेनटेन हुनुको रहस्य खोलेकी छिन्। नृत्यलाई उनी व्यायाम मान्छिन्। घण्टौँ कसरत गर्न मन नपराउने उनी डान्स गरेर आफूलाई फिट राख्ने गर्छिन्। निर्माता/निर्देशक प्रकाश झाको माओवादीमाथि निर्मित फिल्म ‘चक्रव्यूह’मा माओवादी लडाकूको भूमिकामा देखिएकी उनी फिटनेसका लागि दैनिक कम्तीमा दुई घण्टा डान्स गर्ने बताउँछिन्।

Leave a Reply

Your email address will not be published.