काठमाडौं– प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले चार प्राविधिकसहित ५८ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा गरेको छ। चार महिनाअगाडि नै बढुवा सूची बने पनि गृहमन्त्री विजयकुमार गच्छदार, गृह सचिव नवीन घिमिरे र प्रहरी महानिरीक्षक कुवेरसिंह रानाबीच सूचीमा सहमति हुन नसक्दा निर्णय प्रक्रिया रोकिएको थियो। तयारी सकिए पनि डिआइजी बढुवा अदालत पुगेपछि अन्य पदको बढुवासमेत अन्योलमा परेको थियो।
गृह र प्रधान कार्यालयले रोकिएको अन्य पदको बढुवा फुकाउन एसएसपी बढुवा रोकेर एसपी र डिएसपीको सूची छलफलमा ल्याएका थिए। आइतबार बढुवा समितिको बैठक बसेर प्रहरी निरीक्षक बढुवाको अन्तिम सूची पारित गरेर गृहमा पठाएलगत्तै गृह सचिव नवीन घिमिरेले समेत सूची सदर गरेका थिए।
आइतबार २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेका प्रहरी निरीक्षकसम्म बढुवा भए। भोजदेव खतिवडा पहिलो नम्बरमा बढुवा भएका छन्। जुजुभाई तन्डुकार, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, अनुपमशमसेर राणा, रमेश थापा, रमेशकुमार तामाङ, अजय केसी, कृवषप्रसाद कोइराला डिएसपीमा बढुवा भए।
वीरबहादुर बुढामगर, आनन्दजङ थापा, शिवकुमार श्रेष्ठ, सुरेशप्रसाद काफ्ले, प्रकाश मल्ल, ज्ञानेन्द्रप्रसाद फुँयाल, सन्तोष खड्का, राजकुमार सिलवाल, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, दानबहादुर मल्ल, कृष्णप्रसाद पँगेनी, शान्तिराज कोइराला र मेघराज कँडेलको बढुवा भएको छ।
यसैगरी, होविन्द बोगटी, श्यामकुमार महतो, बेद बिष्ट, हेमकुमार थापा, नकुल पोखरेल, दयानिधि ज्ञवाली, महेन्द्र खड्का, नवराज अधिकारी, दिपक पोखरेल, सञ्जयसिंह थापा, प्रकाश रानाभाट, पदमबहादुर विष्ट, प्रविण धिताल, बासुदेव खतिवडाको समेत डिएसपी भएका छन्।
दिपेन्द्र शाह, दिपेन्द्र शाही, कमल थापा, प्रेमबहादुर बस्नेत, प्रभुप्रसाद ढकाल, जनार्दन जिसी, राजेन्द्रप्रसाद श्रेष्ठ, संजयबहादुर राउत, हरिप्रसाद शर्मा, विदुरकुमार गौतम, राजेन्द्रबाबु रेग्मी, अरुणकुमार शाह, लक्ष्मण गुरुङ, गोपाल नेवार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, रञ्जु सिग्देल र माधव खत्री समेत बढुवामा परेका छन्।
प्राविधिकतर्फ दामोदर कँडेल, डा प्रमोदराज भट्ट, अरुण वस्नेत र इश्वर थापा डिएसपीमा बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर