मौनताप्रेमी सोनाक्षी

sonakshiसन् २०१० मा फिल्म ‘दबंग’मा सलमान खान अपोजिट रोलमा बलिउड करिअर सुरु गरेकी सोनाक्षी सिन्हाले त्यही फिल्मबाट बेस्ट फिमेल डेब्यू अवार्ड जितेकी थिइन्। उनका फिल्म ‘राउडी राठौर’, ‘सन अफ सरदार’ र ‘दबंग–२’को सफलताले ‘जोकर’को फ्लपलाई बिर्साइ मात्र दिएन, बलिउडका सक्सेसफुल टप हिरोइनको पंक्तिमा पनि उभ्याइदियो। तीन–तीन सुपरहिट फिल्मकी हिरोइन उनी अझै विनम्र भएको उदाहरण पेश गरेकी छिन्। उनी ती फिल्मको सफलताको जस डाइरेक्टर, कोस्टार्स र टेक्निसियनलाई दिन्छिन्। ती फिल्मको हिस्सा हुन पाउनु आफ्नो सौभाग्य भएको बताउने उनी ‘लुटेरा’, ‘वन्स अपन अ टाइम इन मुम्बई–२’ र ‘बुलेट राजा’ फिल्ममा देखिँदै छिन्। अहिले आफ्नो हातमा अनगिन्ती फिल्म भएकाले इन्टिमेट सिन गर्ने नगर्ने कुनै विचार नगरेको बताउने उनले रोमान्सका लागि भने आफ्नै उमेरका केटा खोज्ने बताएकी छिन्।

Leave a Reply

Your email address will not be published.